सुर्खेत, जेठ ८ । कर्णाली प्रदेश सभाको काम तिव्र गतीमा भईरहेको छ । अगामी जेठ ११ गते आह्वान गरिएको प्रदेशसभाको बैठकमा कोरोना भाइरसको जोखिम हुन नदिन स्वाब सङ्कलन गरिए छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्रीहरु तथा प्रदेशसभा सदस्यसहित मातहतका कर्मचारी गरी १६४ जनाको नोजल स्वाब सङ्कलन गरिएको छ ।

प्रदेश सरकारका मुख्यमन्त्री शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाको ‘नोजल स्वाब’ सङ्कलन गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले जानकारी दिए ।

त्यसैगरी प्रदेशसभाका सभामुख राजबहादुर शाही, उपसभामुख पुष्पा घर्तीलगायत ४० प्रदेशसभा सदस्य, सुरक्षाकर्मी, मर्यादापालक कर्मचारी, सवारी चालक र केही सञ्चारकर्मीको पनि सङ्कलन गरिएको उनले बताए । उनले भने “स्वाब सङ्कलन गरिएका सबैको पिसिआर विधिबाट कोरोना परीक्षण गरिने छ ।”

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको कोरोना परीक्षणको रिपोर्ट प्राप्त भएपछि निर्धारित मितिमा बैठक शुरु हुने जानकारी दिए । बैठकमा मुख्यमन्त्रीसहित प्रदेश मन्त्री तथा प्रदेशसभाका सदस्यमात्र बैठक कक्षमा प्रवेश गर्न पाउने जनाउँदै उनले सञ्चारकर्मी, मन्त्रालयका कर्मचारी र दर्शकलाई बैठकको दृश्य बाहिर भिडियोबाटै देखाइने बताए ।

उनले भने, “प्रदेशसभाभित्र प्रवेश गर्ने सबैले अनिवार्य मास्क तथा पञ्जा लगाउनुपर्नेछ । सामाजिक दूरी कायम गरेर आसन ग्रहण गराउने व्यवस्थापनमा जुटेका छौँ ।” सामाजिक विकासमन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोभिड–१९ विरुद्ध अपनाउनुपर्ने सबै सावधानीमा सहयोग गर्ने बताए । रासस

बिहिबार, जेठ ०८, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957