कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो ।

बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको निर्णय परिपक्व नभएको र हालसम्म आधिकारिक रूपमा नआएको बताए । साथै हालसम्म प्रदेश सरकार महामारी विरुद्धको लडाइमा रहेको साथै आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीमा रहेकोले सरकारबाट नबाहिने निर्णय भएको उनको भनाइ छ ।

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलका नेता प्रकाशबहादुर शाहले स्थायी कमिटीको निर्णयबारे बुधबारको बैठकमा छलफल नै नगरेको दाबी गरे । पार्टीको स्थायी कमिटी बैठकको आधिकारिक सूचना नआएकाले समर्थन फिर्ता लिने, मन्त्रीहरू फिर्ता बोलाउने सम्बन्धमा कुरा नै नभएको उनको भनाइ छ ।

यसअघि नेकपा एमालेको स्थायी कमिटिको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको समर्थन फिर्ता लिने र सरकारमा सहभागी आफ्ना तीन मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । ५३ सदस्यीय प्रदेश सभामा नेकपा एमाले २५ सांसदसहित ठूलो दलका रूपमा छ । त्यसमा पनि ७ जना ओली पक्ष र १८ जना खनाल– नेपाल पक्षका सांसद छन् ।

बुधबारको बैठकमा २१ जना सांसदको उपस्थिति थियो । नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टको नेतृत्वमा अहिले प्रदेश सरकार छ । नेकपा भएका बेला, सुदूरपश्चिम प्रदेश माओवादीको भागमा परेको थियो । अहिले प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाह, उद्योग वन वातावरण तथा पर्यटनमन्त्री माया भट्ट र सामाजिक विकास मन्त्रीमा कृष्णराज सुवेदी एमालेको तर्फबाट मन्त्री छन् । शाह नेकपा एमाले संसदीय दलका नेतासमेत हुन् । तीनजना मन्त्री पनि खनाल नेपाल पक्षकै हुन् ।

बुधबार, जेठ १२, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४