ज्वाला अपडेट

४ वर्ष अगाडि

सुर्खेत । नेकपा (माओवादी केन्द्र) का कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्मा प्रभाकरले कोभिड १९ कोरोना भाईरसबाट जनताको जीवन रक्षा गर्नको लागि पार्टीको सम्पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएका छन् ।

 कर्णाली प्रदेश अन्तरगत माओवादी केन्द्रका जिल्ला अध्यक्ष तथा संयोजकहरुको भर्चुअल बैठकलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका शर्माले स्वास्थ्यकर्मी सहितको स्वयमसेवक टिम बनाएर वडा वडामा परिचालन गर्न दिर्नेशन दिएका हुन् ।

उक्त टिमलाई टोल टोल पुगेर सङ्क्रमितहरुको उपचार गर्ने, उनीहरुको मनोबल बढाउने र जनचेतना फैलाउने कार्यमा अहोरात्र खटाउन जिल्ला नेताहरुलाई निर्देशन दिए । जनताको जीवन रक्षा नै ठुलो भएकाले अरु सबै कुरा थाँति राखेर कोभिड १९ विरुद्ध पार्टीको शक्ति लगाउन भनेको प्रदेश अर्थमन्त्री एवं रुकुम जिल्ला अध्यक्ष गोपाल शर्माले जानकारी दिए । साथै नेता प्रभाकरले प्रदेशको नयाँ बजेट कोभिड १९ बाट जनतालाई जोगाउने खालका योजनामा केन्द्रित गर्न समेत आग्रह गरे ।

यसैबिच, हाल प्रदेश मातहतमा रहेको कर्णाली प्रादेशिक अस्पताललाई संघ अन्तरगत राख्ने तयारी गरिएको भए त्यो गलत हुने नेता प्रभाकरले बताए । संघीय सरकारले अस्पताललाई सहयोग गर्ने कुरा स्वागतयोग्य भएपनि प्रदेशको अधिकार खोसेर संघ मातहतमा ल्याउन कदापि उपयुक्त नहुने उनको धारणा थियो ।

बुधबार, जेठ ०५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४