ज्वाला अपडेट

५ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को पूर्वनिर्धारित केन्द्रीय महाधिवेशन स्थगित भएको छ । राप्रपाका तीन अध्यक्षसहित शनिबार बसेको बैठकले कोभिड १९ महामारीका कारण २०७८ जेठ २२ देखि २५ सम्म काठमाडौंमा गर्न लागिएको पार्टीको केन्द्रीय महाधिवेशन स्थगित गर्ने निर्णय गरेको केन्द्रीय सचिवालयका सचिव भास्कर भद्राले जानकारी दिए ।

महाधिवेशनको नयाँ मिति उपयुक्त समयमा घोषणा गर्दै ५ दिन भित्र पार्टीको निर्देशन समिति गठन गर्ने निर्णय पनि राप्रपाले गरेको छ । यस्तै, बैठकले कोभिड संक्रमणको दर उच्च बन्दै गइरहेकोको अवस्थामा नियन्त्रण र रोकथाममा सरकारको व्यवस्थापन क्षमता कमजोर भएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संक्रमित बिरामीका लागि अस्पतालहरूमा शय्याको अभाव, अक्सिजन आपूर्तिमा देखिएको समस्या, आईसीयू, भेन्टिलेटर र अत्यावश्यक औषधिको कमीका कारण मृत्युुदर बढिरहेकोले निजी क्षेत्रसँगको सहकार्यबाट स्वदेश र विदेशमा कुटनैतिक पहल गरी अन्तर्राष्ट्रिय सहयोग जुटाउन राप्रपाले माग गरेको छ ।

राप्रपाले नागरिकको जीवन रक्षाका लागि राज्यका सम्पूर्ण सामर्थ्य प्रयोग गर्न माग गर्दै कोभिडसँग जुधिरहेका जनताको सेवामा सुरक्षित रहि परिचालिन हुन पार्टीको नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ ।

शनिबार, जेठ ०१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८