काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सपथ ग्रहण शुक्रबार अपरान्ह हुने राष्ट्रपति कार्यालयले जनाएको छ । सपथ ग्रहण पछि मात्रै नयाँ मन्त्रिपरिषद गठन हुने जनाइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष ओलीलाई बिहीबार पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिईन । यही बैशाख २७ गते संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका ओलीलाई राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभामा सवैभन्दा ठूलो दलको नेताको हैसियतमा प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६ को उपधारा २ अन्तर्गत नयाँ सरकार गठनका लागि दलहरुलाई दिईएको समय सीमा सकिएपछि राष्ट्रपति भण्डारीले ओलीलाई अल्पमतको सरकार गठन गर्ने गरी प्रधानमन्त्री नियुक्त गरेकी हुन् । विपक्षी दलहरु नेपाली कांग्रेस र माओवादी केन्द्रले अन्तिम घडीसम्म बहुमत जुटाउन गरेको प्रयास सफल हुन नसकेपछि ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको थियो ।

प्रधानमन्त्री ओलीले अब ३० दिनभित्र संसदमा विश्वासको मत लिनु पर्ने छ ।

शुक्रबार, बैशाख ३१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८