काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा विश्वासको मत लिनुअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

सिंहरदरबारमा भएको भेटमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि के गर्ने भन्ने विषयमा छलफल भएको थियो । यसबारे थप छलफल गर्दै जाने सहमति भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

कांग्रेस र माओवादी केन्द्रले पन्धानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेका छन् । जनता समाजवादी पार्टी ९जसपा० को बाबुराम–उपेन्द्र पक्षले पनि विश्वासको मत नदिने बताएको छ भने महन्थ–राजेन्द्र पक्षले तटस्थ बस्ने बताएको छ । एमालेकै माधवकुमार नेपाल समूहले पनि मतदानमा सहभागी नहुने निर्णय गरेकाले प्रधानमन्त्रीले विश्वासको मत नपाउने पक्का छ ।

प्रधानमन्त्रीले संसदमा विश्वासको मत नपाएपछि राष्ट्रपतिले बहुमतको सरकार गठनका लागि आह्वान गर्नुपर्ने कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।

‘प्रधानमन्त्री आफैंले राख्नुभएको विश्वासको मतको प्रस्ताव फेल भयो भने नयाँ प्रधानमत्री नियुक्त गर्नुपर्छ । नयाँ प्रधानमन्त्री नियुक्त गर्दा सम्माननीय राष्ट्रपतिज्यूले संविधानको ७६ (२) अनुसार सरकार निर्माणका लागि आह्वान गर्नुपर्छ र गर्नुहुन्छ भन्ने हामीलाई विश्वास छ’

बहुमतको सरकार गठनका लागि संख्या पुग्छ भन्ने प्रश्नमा उनले कुनकुन दल मिलेर बहुमत पुर्‍याउने त्यो दलहरुको जिम्मेवारी भएको बताए ।

सोमबार, बैशाख २७, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४