काठमाडौं । नेकपा एमालेको माधव नेपाल झलनाथ खनाल पक्षका सांसदले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले सहमतिको लागि कुनै पहल नगरेको र पार्टी फुटाउने नै मानसिकता राखेकाले राजीनामा दिनुको विकल्प नभएको नेपाल–खनाल पक्षका नेताहरूले बताएका छन् ।

सोही अनुसार नेपाल पक्षका २० सांसदले शनिबार नै राजीनामा पत्रमा हस्ताक्षर गरिसकेका छन् । नेपाल पक्षका सांसदले शनिवार साँझ सांसद पदबाट राजीनामाको पत्रमा हस्ताक्षर गरी माधव नेपाललाई बुझाएका छन् ।

प्रधानमन्त्री ओलीले सोमबार भोलि संसदबाट विश्वासको मत लिने तयारी गरेसँगै विभिन्न चरणमा भएका छलफलमा ठोस सहमति नभएपछि खनाल नेपाल पक्षका सांसदहरूले सामुहिक राजीनामा बुझाउने भएका हुन् ।

खनाल–नेपाल समुहका नेताहरूले पार्टीलाई २०७५ सालको जेठ २ गतेको अवस्थमा फर्काउन आफूहरूले गरेको आग्रह नमानेकाले राजीनामा दिएर पार्टीभित्रै संघर्ष गर्नुको विकल्प नभएको बताएका छन् ।

खनाल–नेपाल समूहका सांसदले राजीनामा दिएमा सजिलै अर्को सरकार बन्ने सम्भावना देखिएको छ । अहिले प्रतिनिधिसभामा २ सय ६७ सांसद संख्या कायम छ । तीमध्ये खनाल–नेपाल समूहका २० जनाले मात्रै राजीनामा दिए पनि २ सय ४७ सदस्य कायम रहनेछ ।

त्यसपछि सरकार बन्न एक सय २४ जना सांसद भएपनि पुग्छ । नेपाली कांग्रेसका ६१ र माओवादी केन्द्रका ४८ गरेर १ सय ९ सांसद छन् ।

आइतबार, बैशाख २६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४