सुर्खेत । लकडाउनको बेला सुर्खेत वीरेन्द्रनगरका सडकहरुमा गुलमोहर फुल फुलेर मनै लोभ्याउने दृष्य भएको छ । स्वर्गीय राजा बिरेन्द्र वीर विक्रम शाहले सुर्खेत भ्रमणमा आएका बेला रोपेका यी फुलहरुले सुर्खतको शोभा नै बढाएका छन् । वीरेन्द्रनगरको घण्टाघर, क्याम्पस रोड सडकको छेउछाउमा रातै भएर फुलेका गुलमोहरले सुर्खेतलाई साँचिक्कै स्वर्ग बनाएको छ ।

कोभिड १९ कोरोना भाईरसको संक्रमण दर उच्च भएकाले वीरेन्द्रनगर सुर्खेतमा पनि लकडाउन गरिएको छ । लकडाउनमा फुलेको फुलमो मज्जा लिन जो कोहिले पाएका छैनन् । गुलमोहरलाई फ्रान्समा ‘स्वर्गको फूल’ भनेर उपमा दिइन्छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई यो दृष्यले स्वर्ग नै बनाईदिएको छ । यो ठाउमा अहिले लकडाउनको बावजुत पनि फोटो खिच्ने र टीकटक बनाउनेको लर्को नै देखिन्छ ।

गुलमोहरको ईतिहास

गुलमोहर एउटा वृक्षको नाम हो जसमा रातो रंगका फूलहरू फूल्छन । यसको जन्मभूमि मेडागास्करलाई मानिन्छ । भनिन्छ कि १६औं शताब्दीमा पोर्चुगलीहरूले मेडागास्करमा यसलाई देखेको थिए ।

१८औं शताब्दीमा फ्रेंच किटीसको गभर्नर काउंटी डी पोएंशीले यसको नाम बदलेर आफ्नै नामसित मिल्ने नाम पोइंशियाना राखि दियो । पछि यो सेंट किटीस र नेवीसको राष्ट्रिय फूलको रूपमा पनि स्वीकृत गरियो । यसलाई रोयल पोइंशियानाको अतिरिक्त फ्लेम ट्रीको नामबाट पनि जानिन्छ । फ्रांसीहरूले संभवत गुलमोहरलाई सबैभन्दा धेरै आकर्षक नाम दिये, उनीहरूको भाषामा यसलाई स्वर्गको फूल भन्छन ।

साच्चीनै गुलमोहर स्वर्गको फूलु हो। भिषण गर्मीमा गुलमोहरको वृक्षमाथि पातहरू त नाममात्रको हुन्छन, तर फूल यति धेरै हुन्छन कि गणनु मुश्किल हुन्छ। यो नेपालको तातो तथा नमी हुने ठाँउमा सबै ठाँउ पाइन्छ ।

कोसा जातिको यो फूलको बोट फूलहरूमा सबैभन्दा ठूलो मानिन्छ । वैज्ञानिक नाम डेलोनिक्स रेगिया रहेको र काँडा नहुने यो फूलको वास्ना भने हुँदैन । १२ वर्ष आयु रहेको यो फूल गाढा रातो, पहेंलो र रातो पहेंलोको मिश्रण हुने भए पनि नेपालमा गाडा रातो रंगका मात्र छन् ।

शनिबार, बैशाख २५, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957