काठमाण्डौ । श्रमिकले आउँदो साउन १ गतेदेखि १५ हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने भएका छन् । सरकारले न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्याउने गरी राजपत्रमा सूचना प्रकाशित गरेसँगै चिया बगानमा काम गर्नेबाहेकका श्रमिकले साउनदेखि १५ हजार रुपैयाँ तलब पाउने भएका हुन् ।

नयाँ न्यूनतम पारिश्रमिकमा ९ हजार ३ सय ८५ आधारभूत पारिश्रमिक र ५ हजार ६ सय १५ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ । एक दिनको तलब ५ सय ७७ र एक घण्टाको तलब ७७ रुपैयाँ हुन आउँछ । दैनिक तलबमा ३ सय ६१ रुपैयाँ आधारभूत पारिश्रमिक र २ सय १६ रुपैयाँ महँगी भत्ता छुट्याइएको छ ।

एक घण्टाको तलबमा ४८ रुपैयाँ आधारभूत पारिश्रमिक र २९ रुपैयाँ महँगी भत्ता हुन आउँछ । यसअघि गएको शनिवार मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको मासिक पारिश्रमिक बढाएर १५ हजार रुपैयाँ पुर्याउने बताउनु भएको थियो ।

मंगलबार, बैशाख २१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४