ज्वाला अपडेट

५ वर्ष अगाडि

सुर्खेत । सुर्खेतमा आजदेखि कर्णाली उत्सवको दोस्रो संस्करण हुने भएको छ । उत्सव दिउँसो २ बजे कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्ने आयोजकले जनाएकोे छ । उत्सवको पहिलो दिन ‘हाम्मो मान्नवी’, दोस्रो दिन ‘सुर्के थैली’, तेस्रो दिन ‘कैथा नेता, कैथो नेतृत्व’ को मुल शीर्षकमा रहेर बहस गरिने छ । बहसमा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत समेत वक्ताका रुपमा सहभागी हुनेछन् ।

‘कैथा नेता कैथा नेतृत्व’ मूल शीर्षकअन्तर्गत ‘मुख्य माण्ठ, मूल कुडा’ सत्रमा कर्णालीका मुख्यमन्त्री शाही र प्रदेश नं २ का मुख्यमन्त्री राउतले बहस गर्ने आयोजक ऋति फाउण्डेशनले जनाएको छ । सुर्के थैली मूल शीर्षकमा कर्णाली घुमाउँटो पड्यो’ सत्रमा योजनाविद् डा. दिनेशचन्द्र देवकोटा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा पुुष्पराज कँडेल, डा. रेणुराज अधिकारी र प्रदेश योजना आयोगका सदस्य योगन्द्र शाहीले बहस गर्दैछन् । ‘हाम्रो मान्नमी’ मूल शीर्षकअन्तर्गत छाउ र भाउ सत्रमा लेखक राधा पौडेल, राजनीतिकर्मी डा. विन्दा पाण्डे, प्रदेश अस्पताल सुर्खेतका चिकित्सक डा. नवराज केसीले बहस गर्नेछन् ।

उत्सवमा कर्णालीको सम्भावनाहरुको खोजी र कर्णालीवासीको जीवनशैली, सीप, क्षमता र कला संस्कृतिको चर्चा गरिने आयोजकको भनाइृ छ । आयोजकका अनुसार चार दिनसम्म चल्ने उत्सवमा विभिन्न १४ वटा विषय बस्तुमा विचार विमर्श गरिने छ । कर्णालीको भाषा, कला र साहित्यलाई देशभर चिनाउने उद्देश्यले उत्सव आयोजना गरिएको संयोजक कमलराज लम्सालले जानकारी दिए ।

बुधबार, फाल्गुण २६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक : निर्मला स्वर्णकार ९८४८१९६९५७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४