दैलेख । दैलेखका ६ स्थानीय तहले धमाधम विद्युतीकरण गरिरहेका छन् । ११ वटा स्थानीय तह रहेको दैलेखमा ६ वटा स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साझेदारीमा काम गर्दै आएका हुन् ।

​कार्यक्रमको ९० र स्थानीय तहको १० प्रतिशत लगानीमा भैरवी गाउँपालिकाले १० करोड रुपैयाँको लागतमा काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताए । सातवटा वडा रहेको गाउँपालिकामा हालसम्म ५० प्रतिशत विद्युतीकरणको काम सकिएको छ। आगामी असार मसान्तसम्म सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको अध्यक्ष बुढाले बताए ।

यस्तै, भगवतीमाई गाउँपालिकाले पनि विद्युतीकरणलाई तीव्र अघि जनाएकाको छ। पाँच महिनाअघिदेखि थालिएको र हालसम्म ४० प्रतिशत काम सकिएको गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले बताए । १० करोड रुपैयाँ बजेटमध्ये आठ करोडको लागतमा काम सुरु भई २४ महिनामा सकाउने गरी कामलाई तीव्रता दिइएको थापाको भनाइ छ ।

डुंगेश्वर गाउँपालिकाको वडा नम्बर २ सामुदायिक ग्रामीण विद्युतीकरणको काम सम्पन भैसकेको छ । गाउँपालिकाको १० प्रतिशत र सामुदायिक ग्रामीण विद्युतीकरणको ९० प्रतिशत लगानी गरी २ करोड ५५ लाख रुपैयाँको लागतमा काम सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्लले जानकारी दिए ।

नौमुले गाउँपालिकाले पनि विद्युतीकरणलाई तीव्ररुपमा अघि बढाएको छ । दुई महिनाअगाडि ६ करोड रुपैयाँको लागतमा सुरु भएको काम हालसम्म ४० प्रतिशत सकिएको र आगामी चैतसम्म सम्पूर्ण काम सक्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले जानकारी दिए ।

महाबु गाउँपालिकाले पनि १० करोड १५ लाख रुपैयाँ लगानीमा विद्युतीकरणलाई धमाधम अगाढि बढाएको जनाएको छ । १० प्रतिशत गाउँपालिकाको लगानी र ९० प्रतिशत सामुदायिक ग्रामीण विद्युतीकरणको साझेदारीमा माघदेखि काम सुरु भएको गाउँपालिकाका अध्यक्ष जंगबहादु शाहीले बताए । २०७८ साउनसम्म विद्युतीकरणको काम सक्ने गरी ठेक्का दिइएको शाहीले बताए ।

यस्तै, गुराँस गाउँपालिकाले विद्युतीकरणलाई अघि बढाएको छ । २५ करोड रुपैयाँ लागतमा सम्पन्न हुने विद्युतीकरण कर्णाली प्रदेशका १० जिल्लामध्ये धेरै बजेट गुराँसमा रहेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बाताए । उनले हालसम्म ८० प्रतिशत काम सकिएको आगामी असोजसम्म पूरै काम सकिने बताएको थाहाखबर डट कममा समाचार छ ।

मंगलबार, माघ २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
विदेश : खगेन्द्र राना मगर र केवि गोतामे
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७