सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पु¥याएको बताएका छन् ।

‘मकर सङ्क्रान्ति’, ‘माघे सङ्क्रान्ति’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस– २०७७’ का अवसरमा उनले कर्णालीवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति र आरोग्यताका लागि शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री शाहीले बिहिबार शुभकामना सन्देश जारी गर्दै बहुसाँस्कृतिक, बहुजातीय, बहुधार्मिक, बहुभाषिक विविधताले भरिपूर्ण नेपालमा साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता र आपसी सद्भाव कायम गर्नमा सहयोग पुगेको बताएका छन् ।

त्यसैगरी, मानव जीवनका लागि योग तथा ध्यानको महत्वलाई बुझेर नेपाल सरकारले विसं २०७२ देखि माघ १ गतेलाई ‘राष्ट्रिय योग दिवस’ घोषणा गरेको बताउँदै उनले ‘योग गरौं डटेर, कोभिड जान्छ हटेर’ भन्ने मूलनारासँगै आज मनाइँदै गरेको योग दिवसले सबैको रोग प्रतिरोधात्मक क्षमता बढाउने अपेक्षा गरिएको उनले बताए ।

मुख्यमन्त्री शाहीले कोभिड १९ पूर्ण नियन्त्रण नआइसकेको भन्दै सावधानीका साथ पर्व मनाउनसमेत आग्रह गरे। प्रदेश सरकारले गत वर्षदेखि ‘माघी पर्व’ का अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ ।

बिहिबार, माघ ०१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४