सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कर्णाली प्रदेशका पार्टी पदाधिकारीलाई काठमाडौं झिकाएका छन् ।

कर्णाली प्रदेशको संसदीय दलमा विवाद चुलिएपछि मंगलबार बालुवाटारमा भएको ओली प्रचण्डको त्यही विषयको छलफलका लागि अध्यक्षद्वयले प्रदेश कमिटीका पदाधिकारी प्रदेशका इन्चार्ज जनार्दन शर्मा, सहइन्चार्ज यामलाल कँडेल, अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई काठमाडौं बोलाइएको हो । उनीहरुलाई बिहीबार काठमाडौं आईपुग्न भनिएको स्रोतले जनाएको छ ।

प्रदेशका अन्य नेताहरु आर्थिक मामिलामन्त्री प्रकाश ज्वाला, प्रदेश सांसद चन्द्रबहादुर शाही र गुलावजङ्ग शाहलाई पनि काठमाडौं बोलाइएको अनलाईनखबरमा समाचार छ ।

सञ्चारकर्मी गोविन्द बिश्वकर्माको दशैं तिहार गीत हेर्न यहाँ क्लिक गर्नुहोला……………

https://www.youtube.com/watch?v=xxfi9NkxPcI

आइतबार दलका नेता तथा मुख्यमन्त्रीविरुद्ध १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि कर्णालीमा विवाद छताछुल्ल भएको छ ।

अविश्वासको प्रस्ताव दर्ता भए पनि मंगलबार माधव नेपाल(प्रचण्ड समूहका कर्णालीका नेताबीच सहमति हुँदा अविश्वासको प्रस्ताव ‘फेल’ भएको छ ।

माधव नेपाल पक्षका ३ जनालाई मन्त्री र एकजना सांसदलाई सचेत बनाउन सहमति भएपछि अविश्वासको प्रस्तावका लागि हस्ताक्षर गरेका ७ सांसद फिर्ता भएका छन् । यसले गर्दा मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

मंगलबार, आश्विन २७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१