सुर्खेत । नेपाल सुन चाँदी व्यवसायी महासंघ कर्णाली प्रदेशको संयोजकमा सुर्खेतका जनक सुनार चयन भएका छन् ।

सोमबार प्रदेशका पुर्व संयोजक रामजी शाहको अध्यक्षतामा बसेको अनलाइन बैठकबाट सुनार सहित १३ जनाको कार्यसमिति चयन भएको हो ।

समितिको उपसंयोजक सल्यानका घनश्याम नेपाली र दैलेखका युवराज सुनार, सचिवमा सुर्खेतका चित्र सुनार, सहसचिवमा सल्यानका दलविर सुनार, कोषाध्यक्षमा सुर्खेतका भक्तबहादुर सुनार र सह कोषाध्यक्षमा दैलेखका टेकबहादुर सुनार चयन भएका छन् ।

यस्तै समितिको (जिल्ला तथा नगर) सदस्यमा राम बहादुर विक, दैलेख, रेशम सेन्चुरी, सुर्खेत, सदस्य विषयतमा नोखिराम सुनार, सल्यान, भुपेन्द्र सुनार, सुर्खेत चयन भएका छन् । यस्तै समितिकै सदस्य (एसोसियट) मा तिर्थ सुनार, सुर्खेत र बखते सुनार सुर्खेत चयन भएका छन् ।

बैठकले २ जना केन्द्रीय सदस्य पनि सर्वसम्मत चयन गरेको अध्यक्ष सुनारले जानकारी दिए ।

नव निर्वाचित अध्यक्ष सुनारले बैंकहरुले सुन सुर्खेतबाटै उपलब्ध गराउनुपर्ने धारण राख्दै परम्परागत सीपलाई आधुनिकीरण गराउन सरकारले विभिन्न तालीम र प्रशिक्षको व्यवस्था गर्नुपर्ने बताए ।

मंगलबार, आश्विन ०६, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957