काठमाण्डौ । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । कोरोना भाइरसको सङ्क्रमण पुष्टिका लागि गरिने पीसीआर परीक्षणको शुल्क दुई हजार रुपैयाँ कायम गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो ।
पीसीआर परीक्षणका लागि चाहिने आवश्यक समग्रीको मूल्य घटेकोले परीक्षणको शुल्क संशोधन गरेर दुई हजार रुपैयाँ कायम गरिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए । यसअघि पीसीआर परीक्षणको शुल्क चार हजार चार सय रुपैयाँ तोकिएको थियो ।
सरकारी अस्पताल तथा पीसीआर परीक्षणका लागि अनुमति पाएका सबै निजी प्रयोगशालाले अब पीसीआर परीक्षणको शुल्क अधिकतम दुई हजार रुपैयाँमात्र लिन पाउने प्रवक्ता गौतमले जानकारी दिए ।
आइतबार, भाद्र २८, २०७७मा प्रकाशित गरिएको