हुम्ला । हुम्लाको सर्केघाड गाउँपालिका ७ रोडिकोटको ठूलो गाउँमा आगलागी हुँदा ५९ लाख ५५ हजार ६० रुपैयाँ मूल्य बराबरको क्षति भएको छ ।

बुधबार साँझ ६ बजे स्थानीयवासी जोखे जैसीको घरबाट सल्किएको आगोले आसपासका छ वटा घर पूर्ण रुपमा र नौ वटा घर आंशिक रुपमा जलेर नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको सर्केघाड गाउँपालिका ७ का वडाध्यक्ष कृष्णप्रसाद जैशीले बताए । उनका अनुसार सर्केघाडस्थित सर्किदेउ प्रहरी चौकीबाट खटिएको प्रहरीको टोली र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले आगलागीबाट भएको क्षति विवरण सङ्कलन गरेको थिए ।

आगलागीबाट हरीभक्त जैसी, मथान जैसी, अनिलाल जैसी, देवीसिङ जैसी र रुपकला जैसीको घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा सुरक्षाकर्मीले आज बिहान साढे २ बजे आगलागी नियन्त्रणमा लिएको थियो ।

क्षतिको विवरण केन्द्रमा पठाइयो

जिल्ला दैवीप्रकोप उद्धार समितिले रोडिकोट आगलागीमा भएको क्षतिको विवरण प्रदेश र सङ्घीय सरकारलाई पठाएको छ । सर्किदेउ प्रहरी चौकी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोली स्थलगत रुपमा सङ्कलन गरिएको क्षतिको विवरण गृह मन्त्रालयमा पठाइएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले जानकारी दिए ।

आगलागीबाट घरबारविहीन भएर छाक टार्न समस्या भएका पीडितलाई राहत सामग्री लिएर प्रदेश सरकारको टोली घटनास्थलमा जाने तयारी गरेको बताइएको छ ।

आगलागी भएको खबर पाउने बित्तिकै प्रदेश सरकारले पीडित परिवारका लागि आवश्यक पर्ने राहत सामग्री लिएर एउटा टोलीलाई घटनास्थलतर्फ पठाउन लागेको कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

शुक्रबार, भाद्र १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957