दैलेख । सिजप कर्णाली प्रदेश समितिले कर्णालीका विद्यालयहरु खाली गर्न माग गरेको छ ।

विश्वमा कोरोना भाईरस कोभिड १९ का कारण नेपालमा पनि सरकारको गत साउन १२ गतेको निर्णय स्मरण गराउँदै अझैपनि केही विद्यालयहरु क्वारेन्टीनको रुपमा प्रयोग भएकाले विद्यालयहरु क्वारेन्टीन मुक्त बनाई शैक्षिक वातावरण सृजना गर्न समितिले कर्णाली प्रदेश सरकारसंग माग गरेको हो ।

प्रेस विज्ञप्ती जारी गर्दै समितिले सामाजिक विकास मन्त्रालयका सचिव लोक प्रसाद पौडेलको अध्यक्षतामा बैठक बसी विद्यालय भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक रुपमा एकिन गर्ने लगायतका निर्णयहरुको समेत स्मरण गराएको छ ।

सुर्खेतका ४, दैलेखका १ र सल्यान जिल्लाका १ गरि ६ वटा विद्यालय क्वारेन्टीन बनाइएको भन्दै ति विद्यालयहरुलाई तत्काल खाली गर्नुका साथै निर्मलिकरण गरि अविभावक र बालबालिकालाई मनोबैज्ञानिक रुपमा शैक्षिक वातावरण सृजना गर्न सम्बन्धित स्थानीय तह, जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालय र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउदछौ । समितिका अध्यक्ष टीकाराम आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकारले गत साउन १२ गते निर्णय गर्दै विद्यालय भवन र आसपासमा क्वारेन्टीन र आइसुलेसन प्रयोग बन्द गर्ने र खाली भएका विद्यालयलाई निर्मलिकरण गरी अध्यनअध्यापन गर्न सक्ने योग्य बनाउने निर्णय गरी स्थानीय तहलाई निर्देशन गरेको थियो ।

शुक्रबार, भाद्र १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
हाम्रो बारेमा

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी कम्पनी रजिष्टारको कार्यालय र सुचना विभागमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपालद्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर सुर्खेत कर्णाली प्रदेश नेपाल
मो. : ९८५८०२८९५७, ९८४८१९६९५७
news : [email protected]
add : [email protected]
सुचना विभाग दर्ता नं :…………………..

हाम्रो टिम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल सुर्खेत
प्रधान सम्पादक : कोमल शाही
सम्पादक : गोविन्द बिश्वकर्मा
सह-सम्पादक : खगेन्द्र राना मगर
कला साहित्य : अलिफ खान
Graphic Designer : तीर्थ भण्डारी
web Designer : websoft IT Nepal

संवाददाताहरु

१० वटै जिल्लाबाट संवाददाताहरु आबश्यक्ता परेकाे हुंदा ईच्छुकले सम्पर्क गर्नुहाेला । सम्पर्क माे. ९८५८०२८९५७, ९८४८१९६९५७