काठमाण्डौं । नेपालमा कोभिड १९ कोरोना भाईरको महामारी भयानक बन्न सक्ने खतरा बढेको छ । पछिल्लो २४ घण्टामा देशभर १ हजार १ सय ११ जनामा कोरोना संक्रमण पुष्टी भए संगै अब कोरोनाको संक्रमण भयानक बन्न सक्ने देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ६ सय २९ जनामा गरिएको पिसिआर परिक्षण मध्ये १ हजार १ सय ११ जनामा संक्रमण पुष्टि भएको हो ।

विहिबारसम्ममा कोरोना संक्रमितको संख्या ३५ हजार ५ सय २९ पुगेको छ भने ५ सय ६९ निको भएर घर फर्किएसंगै निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएपछि निधन हुनेको संख्या १ सय ८३ जना पुगेको छ ।

यसैविच, कर्णाली प्रदेशमा २५ जना थप सक्रमित थपिएका छन् । प्रदेश अस्पताल पशुपंक्षी रोग अव्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणबाट सुर्खेतका २ जना, काठमाण्डौंका ३ जना, भक्तपुरका १ जना, रुपन्देहीका १ जना, सिन्धुपाल्चोकका १ जना, बाँकेका २ जना, सल्यानका १ जना । जाजरकोटका २ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दैलेख अस्पतालमा गरिएको परिक्षणबाट दैलेका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

यो संगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या दुई हजार तीन सय ४४ जना पुगेको छ । बिहिबार ६ जना निको भएर घ। फर्किपछि कुल डिस्चार्ज हुनेको संख्या दुई हजार २५ रहेको महाशाखाको जानकारी छ ।

बिहिबार, भाद्र ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४