काठमाडौं । सत्तारुढ दल नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टीभित्र सक्रिय भएको कुनैपनि गुटमा आफ्नो संलग्नता नभएको बताभएको छ । गौतमले पार्टीमा सक्रिय तीन गुटमध्ये कुनैमा पनि आफ्नो सक्रियता नभएको दाबी गरेका हुन् ।

पार्टीभित्र देखापरेका अन्तरविरोध हल हुन नसक्दा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपालको नामका गुट सक्रिय भएको गौतमको तर्क छ । आफ्नाबारे भ्रामक प्रचार गरिएको भन्दै शुक्रबार विज्ञप्ति जारी गर्दै गौतमले अध्यक्षद्वयले भेट्न बोलाउँदा आफू जाने गरेको उल्लेख गरे ।

आफूलाई स्वतन्त्र राख्ने कोसिस गरेको भन्दै उनले प्रमाणको रुपमा आफूले केही दिनअघि पार्टीमा राखेको छ बुँदे प्रस्तावलाई लिन अनुरोध गरे । फरक प्रसंगमा गौतमले लगानी बोर्डमा सुशील भट्टलाई प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न प्रधानमन्त्रीसँग आफूले सिफारिस गरेको विषय कपोलकल्पित तथा भ्रामक भएको समेत स्पष्ट पारे ।

शुक्रबार, साउन २३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957