सुर्खेत। फरार अभियुक्त पक्राउ गर्ने अभियान अन्तर्गत कर्णाली प्रदेशमा विभिन्न अभियोग लागेर फरार रहेका २२ अभियुक्तहरु पक्राउ परेका छन् । साउन १६ देखि १९ गतेसम्म विभिन्न जिल्लाका विभिन्न अभियोगमा अदालतले फैसला सनाएका २२ जना फरार अभियुक्तहरु पक्राउ परेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

साउन १६ गते सल्यानका बहुविवाह मुद्दाका १ जना, बालविवाह मुद्दाका २ जना, जबर्जस्ती करणी मुद्दाका १ जना, थुनुवा भगाएको अभियोगका १ जना गरी ५ जनालाई पक्राउ गरिएको थियो । उनीहरुबाट ५ हजार १०० रुपैयाँ जरिवाना समेत अशुल गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सल्यानकै कुटपिट मुद्दाका ४ जना, राज्यविरुद्ध मुद्दाका ४ जना फरार अभियुक्तहरुलाई साउन १७ गते पक्राउ गरिएको छ । सोही दिने सम्बन्धविच्छेद मुद्दाका १ जना, केही सार्वजनिक अपराधसम्बन्धी मुद्दाका १ जनासहित १० जनालाई पक्राउ गरिएको छ ।

साउन १८ गते बहुविवाह मुद्दामा फरार रहेका १ जना, गालीबेईज्जती मुद्दामा फरार २ जना सार्वजनिक अपराधसम्बन्धी मुद्दाका फरार १ जना, सवारी ज्यान मुद्दाका फरार १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले अभियान अन्तर्गत साउन १६ गते केही सार्वजनिक अपराधसम्बन्धी मुद्दाका फरार २ जना अभियुक्तलाई पक्राउ गरिएको छ ।

साउन १८ गते रुकुम पश्चिममा चोरी मुद्दाका १ जना फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ परेको सबै फरार अभियुक्तहरुलाई सम्बन्धित जिल्ला अदालतहरुमा बुझाईएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी नायव उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए ।

सोमबार, साउन १९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४