सुर्खेत । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नरबहादुर बिष्टले नेकपा भित्रको बिवाद औचित्यहिन भएको बताएका छन् । बुधबार वीरेन्द्रनगर सुर्खेतमा सम्पन्न नेकपाका संस्थापक महासचिव क. पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसको अवसरमा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै बिष्टले यस्तो बताएका हुन् ।

नेकपा भित्रको बिवादले प्रतिपक्ष पार्टीलाई खुट्टा तान्न सजिलो वातावण बन्ने भन्दै उनले एकआपसमा बिवादित हुनु भन्दा एकताबद्ध भएर अगाडी बढ्नुको विकल्प नभएको बताए ।

शिब प्रसाद उपाध्यायको अध्यक्षतमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी नेकपा केन्द्रिय सदस्य तथा नेकपा सुर्खेत जिल्ला ईन्चार्ज नर बहादुर बिष्ट रहेका थिए भने जिल्ला कमिटी सदस्य तथा प्रदेशका सम्पुर्ण सांगठनिक सदस्यहरुको उपस्थिती रहेको थियो ।

सामन्तवाद, साम्राज्यवादका बिरुद्ध संघर्ष गर्दै नेपालमा कम्युनिष्ट आन्दोलनको बिजारोपन गर्ने श्रेष्ठको स्मृति दिवशको अबसरमा नेकपाले दशैभर श्रद्धाञ्जली कार्यक्रम गरेको छ ।

२००६ साल वैशाख १० गते उनले नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए। नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पुष्पलाल पञ्चायतकालमा निर्वासनमा समेत बसेका थिए।

१९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका पुष्पलालको निधन मुटुरोगका कारण २०३५ साल साउन ७ गते भएको थियो।

बुधबार, साउन ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“निष्पक्ष विचार खोजमुलक समाचार सभ्य समाज निर्माण आजको सरोकार” भन्ने नाराका साथ कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा कार्यालय रहने गरी नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय कम्पनी रजिष्ट्रारको कार्यालयमा आधिकारिक दर्ता भई नियमित सञ्चार माध्यमको रुपमा काम गर्दै आएको ज्वाला प्रोडक्सन नेपाल द्धारा सञ्चालित WWW.JWALAUPDATE.COM नेपाली भाषाको अनलाईन समाचार पत्रिका हो ।

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३ सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रवन्धक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
प्रवन्ध निर्देशक : दिपेन्द्र के.सी ९८६६७७३५७३
सम्पादक : कोमल शाही ९८४८२१४६५८
सम्वाददाता : लोकेश विश्वकर्मा ९८१५५९१९३१
सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957