सुर्खेत, असार १३ । कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्यामा कमि आएको छ । शुक्रबार मात्र २६ जना थप भएको कर्णालीमा शनिबार ७ जनामा मात्र संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।

शनिबार प्रदेश अस्पताल सुर्खेतको पशुपक्षीं रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पिसिआर परिक्षणबाट ७ जनाको रिपोर्ट पोजेटिभ आएको र जम्मा संक्रमितको संख्या एक हजार ४ सय ४० जना रहेको डा. तिवारीले जानकारी दिए ।
संक्रमित पञ्चपुरी नगरपालीका ६ का ३७ र ४७ बर्षका पुरुष, पञ्चपुरी नपा ८ का २१ बर्षका पुरुष र सोही नपाका १५ महिनाको बच्चा सहित २५ र ३१ पुरुष तथा ३ बर्षका महिला रहेका छन् ।


यसैविच, शनिबार मात्र कोभिड १९ कोरोना भाईरसलाई जितेर २ सय १४ जना घर फर्किका छन् । नौमुले आईसोलेसन सेन्टर दैलेखबाट १२९ जना पुरुष र ३ जना महिल, डुंगेश्वर आईसोलेसन सेन्टरबाट ५६ जना पुरुष र ७ जना महिला, नारायण आईसोलेसन सेन्टर दैलेख अस्पतालबाट ७ जना पुरुष र २ जना महिला, ठाँटीकाँध आईसोलेन सेन्टरबाट १ जना पुरुष, सालकोट आईसोलेसन सेन्टर सुर्खेतबाट ७ जना पुरुष र १ जना महिला र रुकुम पश्चिमबाट १ जना पुरुष रहेका छन् ।

हालसम्म कर्णालीमा हालसम्म ९ सय ३४ जना कोरोना जितेर घर फर्किएका छन् भने ६ जनाको मृत्यू भईसकेको छ ।

शनिबार, आषाढ १३, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४