ज्वाला अपडेट

१५ घन्टा अगाडि

सुर्खेत कारागारमा एक १९ वर्षीया युवती मृत फेला परेकी छन् ।

बिहीबार राति करिब १२ बजे दैलेखको गुराँस गाउँपालिका ४ घर भई सुर्खेत कारागारको ५ नम्बर कोठामा रहेकी संगीता शाही मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्र सिंह बोहराले शाही कारागारभित्रको शौचालयमा तन्नाको पासो लगाएको अवस्थामा मृत फेला परेकाे जानकारी दिए ।

घटनाबारे जानकारी दिँदै डीएसपी बोहराले मृतकका आफन्त आउने क्रम रहेको र घटनाको थप अनुसन्धान भइरहेको बताए ।

शाही गत असोजमा वीरेन्द्रनगर नगरपालिका ९ का २५ वर्षीय विशाल रावलको मृत्यु प्रकरणमा पक्राउ परेकी थिइन् । उनीमाथि कर्तव्य ज्यान मुद्दा चलिरहेको थियो ।

घटनाको वास्तविक कारण र परिस्थितिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

शुक्रबार, मंसिर ०५, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८