बाँके । लागुऔषध (ब्राउन सुगर) मुद्दामा सुर्खेत जिल्ला अदालतबाट कैद सजाय ठहर भई फरार रहेका एक प्रतिवादीलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका १ निवासी ३४ वर्षीय ‘राजु’ भन्ने कमरूदिन अन्सारी रहेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय, सुर्खेत (हाल नेपालगञ्ज, बाँके) बाट फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी वरिष्ठ नायब निरीक्षक ज्ञानेन्द्रबहादुर शाहीको नेतृत्वमा रहेको टोलीले विशेष खोजतलासका क्रममा आइतबार बिहान करिब ११ बजे नेपालगञ्ज १ स्थित शिव मन्दिर नजिकबाट अन्सारीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अन्सारीविरुद्ध लागुऔषध (ब्राउन सुगर) सम्बन्धी मुद्दामा सुर्खेत जिल्ला अदालतले २०८० साउन १ गते १ महिना १५ दिन कैद सजाय सुनाएको थियो । अदालतको फैसला भएपछि उनी फरार रहँदै आएका थिए ।

पक्राउ परेका अन्सारीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

सोमबार, साउन ०४, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१