सुर्खेत । जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ निवासी २८ वर्षीय कृष्ण रिजाल रहेका छन्। जिल्ला अदालत सुर्खेतले उनलाई उक्त मुद्दामा ५ वर्ष कैद सजाय र २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो। अदालतको फैसला पछि उनी फरार रहँदै आएका थिए।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनलाई वीरेन्द्रनगर नगरपालिका–०८ बाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार उनी साउन १० गते बिहान करिब १०:२० बजे नियन्त्रणमा लिइएका हुन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कवीन्द्र सिंह बोहराले पक्राउ परेका रिजाललाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत सुर्खेतमा पेश गरिएको जानकारी दिएका छन्।
बुधबार, आषाढ १०, २०८३मा प्रकाशित गरिएको



