सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–४ बराइचे घर भएका ६८ वर्षीय रोजबहादुर शाहीको बस यात्राका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार शाही शुक्रबार बिहान ८:२० बजे सुर्खेत बसपार्कबाट लगामतर्फ जानका लागि खगेन्द्र थापाले चलाएको क.प्र.०२०० ख.०१९५ नम्बरको मिनीबसमा सवार भएका थिए ।

साँझ करिब ४:३० बजे चौकुने गाउँपालिका ३ बेतानस्थित राजु रामजालीको होटलमा पुगेका उनी राति करिब ८:३५ बजे एक्कासी बिरामी भई बेहोस भएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लगामबाट प्रहरी सहायक निरीक्षक ज्योति सिंहको कमाण्डमा दुई जनाको टोली घटनास्थल पुगेको थियो । थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट प्रहरी निरीक्षक भूपेन्द्र शाहीको कमाण्डमा SOCO सहित पाँच जनाको टोली पनि खटिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनास्थलको आवश्यक प्रक्रिया सम्पन्न गरी राति ११:४० बजे शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र सालकोट पठाएको छ । मृतकका भाइ समेत साथमा रहेको प्रहरीले जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार, आषाढ ०५, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१