कर्णाली

कर्णाली प्रदेशका आठ जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ जिल्ला नेतृत्व चयन गरेको छ। पार्टीको संगठनात्मक नीति तथा केन्द्रीय समितिको निर्णयअनुसार आइतबारदेखि सुरु भएका जिल्ला अधिवेशनअन्तर्गत अधिकांश जिल्लामा नेतृत्व चयन सम्पन्न भएको हो।

कर्णालीका नौ जिल्लामध्ये सुर्खेत, हुम्ला, जुम्ला, जाजरकोट, कालीकोट र सल्यानमा सर्वसम्मत नेतृत्व चयन गरिएको छ भने दैलेख र रुकुम पश्चिममा मतदानमार्फत नयाँ नेतृत्व निर्वाचित भएको छ। मुगुमा भने अधिवेशन प्रक्रिया जारी रहेको पार्टीले जनाएको छ।

सुर्खेतमा रमेशकुमार सापकोटा पुनः जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका छन्। रास्वपाको प्रारम्भिक संगठन निर्माणदेखि नेतृत्व गर्दै आएका सापकोटा लगातार दोस्रो कार्यकालका लागि सभापति बनेका हुन्। उनी हाल प्रतिनिधिसभा सदस्यसमेत हुन्।

हुम्लामा लक्ष्मण ऐडीको नेतृत्वमा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन भएको छ भने जुम्लामा मक्करबहादुर भण्डारी, जाजरकोटमा महेश सिंह, कालीकोटमा प्रेमबहादुर केसी र सल्यानमा प्रकाश नेपाली पुनः सभापतिमा चयन भएका छन्।

दैलेखमा भने सभापतिका लागि भएको प्रतिस्पर्धात्मक निर्वाचनमा बखतबहादुर भण्डारी ९२ मतसहित विजयी बने। उनले अन्य तीन प्रतिस्पर्धीलाई पछि पार्दै नेतृत्व हात पारेका हुन्। रुकुम पश्चिममा द्रोण खड्का ४२ मत प्राप्त गर्दै जिल्ला सभापतिमा निर्वाचित भए।

रास्वपाले कर्णालीमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकता दिँदै जिल्ला अधिवेशन सम्पन्न गरिरहेको जनाएको छ। डोल्पामा भने पार्टीको राष्ट्रिय महाधिवेशनपछि मात्र जिल्ला अधिवेशन आयोजना गरिने बताइएको छ।

मंगलबार, जेठ २६, २०८३मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१