ज्वाला अपडेट

५ घन्टा अगाडि

रुकुम पश्चिम । जिम्मेवार निकायको लापरबाही तथा वेवास्ताले सार्वजनिक सेवा तथा विकासको योजना कतिसम्म लथालिङग हुन्छ भन्ने गतिलो उदाहरण हो मध्यपहाडी राजमार्गमा अलपत्र रहेको भेरीनदिको पुल । रुकुम पश्चिम र जाजरकोट जोड्ने यो पुल निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीले तोकिएको समयमै काम गरिदिएको भए २०७२ सालमै तयार हुने थियो ।

मध्यपहाडी राजमार्ग आयोजना कार्यालयले तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०६९ सालमा वाईपी कन्ट्रक्सन प्रा.लि.सँग ठेक्का सम्झौता गरेको यो पुल अझैसम्म निर्माण हुन नसक्दा सम्झौता भएको तेह्र वर्ष बित्दा पनि पुल निर्माणको काम अलपत्र छ ।

जसको कारण राष्ट्रिय गौरवको आयोजनामा पर्ने मध्यपहाडी राजमार्गको रुकुमपश्चिम र जाजरकोट खण्ड जोडिन पाएको छैन । चौरजहारी नगरपालिका २ अधेरेबाट जाजरकोटको भेरी नगरपालिका १३ कुदु जोड्नेगरी भेरीनदि माथि निर्माण थलिएको यो पुलकोे दुवैतर्फ आधार पिलर मात्रै खडा गरिएको छ ।

नयाँ ठेक्काको तयारी

मध्यपहाडि राजमार्ग योजना कार्यालय दैलेखका प्रमुख निरञ्जन थापाका अनुसार उक्त पुल निर्माणको लागि नयाँ ठेक्काको तयारी भईरहेको छ । योजना कार्यालयको तर्फबाट साबिकको डिजाईनमा केहि थप भएर स्वीकृतिको लागि सडक विभागमा पठाईएको र सम्भवतः यसैबर्ष टेण्डर आह्वान हुने उहाँले जनाउनुभयो । पुल निर्माणस्थलमा नदिको भाग पहिला भन्दा बढेकोले आवश्यक तटबन्धसहितको डिजाईन तयार भएको छ ।

प्रथम पटक भएको ठेक्का सम्झौता रद्ध गरेपछि दुई पटक टेण्डर आह्वान भएको तर ठेक्का लाग्न नसकेको बताउँदै एक पटक बढी लागतको प्रस्ताव आउँदा सम्झौता हुन सकेको थिएन भने एक पटक कसैले पनि ठेक्काको लागि प्रस्ताव नगरेको कार्यालयले जनाएको छ ।

पुल नबन्दा सडक आयोजनाको स्तरोन्नति र कालोपत्रेको कामसमेत प्रभावित भएको छ भने मध्यपहाडी राजमार्गको रुकुमपश्चिम खण्डबाट जाजरकोट यातायातका साधनहरु आउआउ गर्ने बाटो समेत खुलेको छैन ।

धरौटी जफत

प्रथम पटक ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले काम नगरेपछि सम्झौता भएको दश वर्षपछि २०७९ मङ्सिर २९ गते नै वाईपी कन्स्ट्रक्सन प्रा.लिसँगको ठेक्का तोडिएको थियो । ठेक्का तोडिएसँगै ७२ लाख धरौटी र दुई करोड ६० लाख पेश्की रकम पनि जफत भएको थियो ।

यसका साथै सार्वजनिक खरिद नियमावली, २०६३ अनुसार उक्त ठेकेदार कम्पनीलाई आठ करोड ५७ लाख ९५ हजार ६२६ रुपियाँ जरिवाना तोकिएको थियो । १८ करोड स्टामेट रहेको यो ठेक्कामा सम्झौता गर्ने वाई.पी कन्ट्रक्सनका प्रोपराइटर राजु श्रेष्ठको निधनपछि पुल निर्माणको काम अलपत्र रहेको बताईएको छ ।

मंगलबार, चैत्र २४, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१