ज्वाला अपडेट

४ घन्टा अगाडि

सुर्खेत । सुर्खेतको बराहताल गाउँपालिकाबाट सिकार खेल्न गएका पाँच जना सम्पर्कविहीन भएका छन् । उनीहरूमध्ये एक जनाको मृत्यु भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले खोजतलास सुरु गरेको हो ।

बराहताल गाउँपालिका २ निवासी आसे महतराले दिएको जानकारीअनुसार उनका साला नाता पर्ने बराहताल २ कै वर्ष ३३ का टोपबहादुर खत्रीसहित उनीहरू फागुन २३ गते घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ रहेको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ सिकार खेल्न गएको बताएको सुर्खेत प्रहरीले जानकारी दिएको छ ।

घटना भएको अनुमान गरिएको क्षेत्र करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियालाई समेत जानकारी गराइएको छ । हाल घटनाबारे खोजतलास तथा अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

हालसम्म सम्पर्कमा नआएकाहरूमा सुर्खेतको बराहताल गाउँपालिका १ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, सोही स्थानका ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ति र ३० वर्षीय सुनिल समसेली रहेका छन् ।

यस्तै, सुर्खेतको लेकवेशी नगरपालिका ८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गा बहादुर सिजाली पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।

सोमबार, चैत्र ०२, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८