सुर्खेत, असार ५ । कर्णाली प्रदेशमा थप ९ जनामा कोरोना पुष्टि भएको छ । भारतबाट दिनप्रतिदिन कर्णालीमा आउने नागरिकको संख्या बढेसंगै संक्रमितको संख्या निरन्तर बढ्दै गएको छ । शुक्रबार सुर्खेतका ६ जना, दैलेखका २ जना र जाजरकोटका १ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले स्वास्थ्य सेवा महाशाखाका प्रमुख डाक्टर लक्ष्मी नारायण तिवारीले बताए ।

हालसम्म जम्मा पुष्टि भएको संख्या एक हजार दुई सय ३३ पुगेको छ । नयाँ संक्रमण पुष्टि हुने सुर्खेत भेरीगंगा नगरपालिकाका ६ जना रहेकाछन् । यस्तै दैलेखको भैरवी गाउँपालिकाका २ जना र जाजरकोट छेडागाडका १ जनामा कोरोना पुष्टि भएको हो । सबै संक्रमितको पीसीआर परीक्षण प्रदेश अस्पताल सुर्खेत र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको हो ।

चौकुने गाउँपालिका–१ का एक जना स्वास्थ्कर्मीलाई कोरोना पोजेटिभ देखिएपछि चौकुने १ र २ का स्थानीय त्रसित बनेको छ । भारतबाट आएका नागरिकको उपचारमा संलग्न ती स्वास्थ्यकर्मीको लगाम बजारमा मेडिकल समेत छ । केहि समय अघि ती स्वास्थ्यकर्मीलाई आरटीडी नेगेटिभ देखिएको थियो । बिहीबार सुर्खेतमा पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । उनको पीसीआर रिपोर्ट आउनु अघिल्लो ती स्वास्थ्यकर्मीले बिरामीलाई प्रत्यक्ष उपचार गरिरहेका थिए ।

ती स्वास्थ्यकर्मीलाई गाउँपालिकाले बनाएको गुटुको आइसुलेसनमा राखिएको छ । यो सँगै साबिको लगाममा कोरोना संक्रमितको संख्या ४ जना पुगेको छ ।

शुक्रबार, आषाढ ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४