दैलेख । दैलेखको ठाँटीकाध गाउँपालिका वडा नं ४ राकम कर्णालीमा पानी छाेएको निंहुमा निर्घात कुटपिट भएको छ । ठाँटीकाध गापा ४ राकम बाख्रेटार बजारमा कस्मेटिक पसल गर्दै आएकी ३२ वर्षिया दिप्शिखा बि.कलाई छिमेकी रमिला रावल बडुवालले कुटपिट गरेकी हुन् ।

स्थानीयका अनुसार पानी छोएको विवादलाई लिएर महिलामाथि कुटपिट गरिएको र घटना बाहिरिएपछि गाउँमा तनाव सिर्जना भएको छ ।

घटना छुपाउन लुकाउन हर प्रयास गरेका पिडक बडुवालका श्रीमानले केहि सिप नलागे पछि धम्किपुर्ण अभिव्यक्ति दिएका छन् । भाउजुले हानेको दुई चोट सहन सकिन्न, फोटो डिलेट गर नत्र टाउको निमोठ्दिन्छु भनेको अडियो बाहिरिएको छ ।

समाजमा जातीय विभेदको कसुर गरे पनि गल्तीको महसुस नगरी उल्टै धम्क्याउने काम भईरहेको प्रती दलित अधिकारकर्मीहरुको आपत्ति जनाएका छन् । मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन् । दलित अभियान्ता कर्णाली प्रदेशका संयोजक मोहन सुनारले‌ यो घटनालाई लिएर दोषीलाई कारबाही गर्न माग गरेका छन् ।

उनीहरूले यसलाई जातीय विभेदविरुद्धको चेतनाको अभावको परिणाम भन्दै पीडितलाई न्याय दिलाउन सम्बद्ध निकायलाई आग्रह गरेका छन् । यस घटनाले फेरि एकपटक कर्णालीमा जातीय समानता र सामाजिक सहअस्तित्वका विषयमा गम्भीर प्रश्न खडा गरेको छ ।

भिडियाे यता छ

मंगलबार, कार्तिक १९, २०८२मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४