सुर्खेत । जाजरकोटमा अनुगमनका लागि गएका सब–इन्जिनियरमाथि ढुंगा र रड प्रहार हुँदा घाइते भएका छन् ।

घाइते हुनेमा बारेकोट गाउँपालिकामा कार्यरत सब–इन्जिनियर हिमाल पुन रहेका छन् । उनीमाथि सोही गाउँपालिकाको वडा नम्बर ६ का टेकेन्द्र नेपालीले ढुंगा र रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी, प्रहरी निरीक्षक हरिराम डाँगीले बताए ।

उनका अनुसार नेपाली कार्कीज्यूला भन्ने गाउँको सीता माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हुन् । आइतबार बेलुका ४ बजेतिर सब–इन्जिनियर पुन विद्यालयको दिवा खाजा भवनको अनुगमन तथा निरीक्षण गर्न पुगेका थिए । सो क्रममा भवनको गुणस्तरको विषयलाई लिएर विवाद उत्पन्न भएको उनले प्रहरी निरीक्षक डाँगीले बताए ।

यद्यपि नेपाली भने अझै पक्राउ पर्न सकेका छैनन् । प्रहरी निरीक्षक डाँगीका अनुसार घटना भएको स्थानदेखि प्रहरी कार्यालयबाट ३ घण्टाको दुरीमा पर्छ । खबर पश्चात् प्रहरी त्यहाँ खटेको भए पनि नेपाली भने फरार छन् । उनको खोजी कार्य भने भइरहेको प्रहरीले जनाएको छ ।

मंगलबार, चैत्र ०४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४