सुर्खेत । उद्योग वाणिज्य संघ सुर्खेतका अध्यक्ष लक्ष्मण कडेंलले सुनचाँदी व्यवसायलाई मर्यादित र विश्वसनिय बनाउन लागिपर्ने बताएका छन् ।

बुधवार सुनचाँदी व्यवसायी संघ सुर्खेतका नवनिर्वाचित कार्यसमितिलाई स्वागत, बधाई तथा सम्मान गर्दै अध्यक्ष कडेंलले व्यवसायलाई समयसापेक्ष बनाउन तालिम तथा प्रशिक्षणको माध्यमबाटै भएपनि सिप र क्षमतालाई उजागर गर्ने बताए ।

सुनचाँदी व्यवसाय कलाले भरिपुर्ण भएकाले दक्ष र अब्बल कारिगर उत्पादन गर्ने गरी संघले पहल गर्ने र उद्योग वाणिज्य संघले सहयोग गर्ने प्रतिवद्धता अध्यक्ष कडेंलले गरे । अन्य पेशागत व्यवसायका हिसावमा सुनचाँदी व्यवसायले उद्योगा वाणिज्य संघबाट सहयोग आएन भन्ने गुनासो आएपछि उनले सुनचाँदी व्यवसायी संघले प्रस्ताव ल्याएर आए संस्थागत रुपमा भएपनि सहयोग गर्न सकिने जानकारी दिए ।

सुनचाँदी व्यवसायी संघ पनि उद्योग वाणिज्य महासंघ अन्तर्गतको वस्तुगत समिति भएकाले वाणिज्य संघ र सुनचाँदी व्यवसायी संघ एकआपसमा सहकार्य अगाडी बढ्नुपर्ने अध्यक्ष कडेंलले बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण कडेंल लगायत पदाधिकारी तथा सुनचाँदी व्यवसायी संघका नि वर्तमान अध्यक्ष ज्ञानेन्द्र बहादुर बिश्वकर्मा, वर्तमान अध्यक्ष ओम बहादुर वि.क, वरिष्ठ उपाध्यक्ष लाल बहादुर थापा, प्रथम उपाध्यक्ष सन्जिव बराल, द्वितिय उपाध्यक्ष सुनिल रामदाम, तृतिया उपाध्यक्ष महेन्द्र सुनार, महासचिव गोविन्द बिश्वकर्मा, सचिव बिवेक स्वर्णकार, कोषाध्यक्ष बखते सुनार, सदस्य मनोज सुनार, संघर्ष सोनी, रेशम बहादुर बि.क र ललित सुनारको सहभागिता रहेको थियो ।

बुधबार, पौष २४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१