सुर्खेत । सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका ३ माझगाउँ बस्तीमा पानीले हाहाकार भएको छ । स्थानीयको घरमा इनार छ तर पानी छैन । रित्तो गाग्री, जर्किन, जार, बोतल र जग समातेर पानीका लागि घण्टौँ लाइनमा बस्नु पर्ने बाध्यता रहेको छ ।

पानीको हाहाकार भइरहेका बेला वीरेन्द्रनगर नगरपालिका ३, माझगाउँस्थित विश्वासी मण्डली नामक चर्चले बोरिङ गरेर पानी वितरण गरेपछि स्थानीयले राहत पाएका छन् । माझगाउँ टोल विकास समितिले भने बोरिङबाट पानी निकाल्न एक सय दुई मिटर खन्दासमेत पानी भेटिएन ।

मण्डलीले ४० मिटर गहिराइबाटै पानी निकालेको छ । पानीको हाहाकारका बेला चर्चले ठूलो राहत प्रदान गरेको सोही टोलकी स्थानीय भगवतीकुमारी थापाले बताइन् ।

उनका अनुसार चर्चमा पानी लिन बिहान ४ देखि राति १२ बजेसम्म स्थानीय लाममा बस्छन् । लाममा बस्नेले दुईदेखि तीन घण्टा कुर्नुपर्छ । स्थानीय धनबहादुर खत्रीले भान्सादेखि शौचालयसम्म बोरिङ्कै पानीले धानेको बताइन् ।


कालिकोट शुभकालिका गाउँपालिका दुई भर्ता घर भई हाल उक्त टोलमा बस्दै आएकी रुपा विश्वकर्माले सहरको कहर बल्ल थाहा पाएको बताइन् । माझगाउँ टोल विकास समितिका अध्यक्ष तिलाचन्द्र अधिकारीले पानी, जिन्दगानी हो, प्रदेश राजधानीको नगरपालिका भन्ने मात्र छ, खानेपानी, विद्युत, सडकको समस्या दुर्गम भन्दा कम छैन भन्दै सुक्खायाममा बालबच्चालाई पानी खुवाउन र वर्षामा आवतजावत गर्नसमेत समस्या रहेको बताउंदै खानेपानी समस्या समाधान गर्न सरकारले नसकेको बताईन् ।

ती समस्याका विषय वडा हुँदै नगरपालिकासम्म राखे पनि कुनै सुनुवाई नभएको स्थानियको गुनासो गरे ।

बिहिबार, आषाढ १४, २०८१मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४