सुर्खेत । नेकपा एमाले जिल्ला कमिटी दैलेखको अध्यक्षमा सूर्यबहादुर शाही सर्वसम्मत चयन भएका छन् । नारायण नगरपालिका दैलेखमा जारी आठौँ जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत अध्यक्ष चयन भएका हुन् ।

उपाध्यक्षमा प्रेमबहादुर बुढा पनि सर्वसम्मत निर्वाचन भएका छन्। अध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका थिए । जसमध्ये तिलकप्रसाद रिजाल, नन्दकिशोर बस्नेत र प्रेमबहादुर बुढाले शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको छ ।

अध्यक्षमा सर्वसम्मत चयन भएका शाही यसअघि सातौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित भएका थिए । जिल्ला विकास समितिको उपसभापति हुँदै यसअघि भूमि समस्या समाधान आयोग दैलेखको अध्यक्ष भइसकेका शाहीसँग राजनीतिको लामो अनुभव छ ।

यस्तै, अध्यक्षमा उम्मेदवारी दिएका हालका कार्यबाहक अध्यक्ष तथा पार्टी उपाध्यक्ष प्रेमबहादुर बुढा उपाध्यक्षमै दोहोरिएका छन् । उपाध्यक्ष बुढा २०७४ को स्थानीय तह निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्ष भइसकेका नेता हुन् । दैलेखको कमिटीको सचिवमा हिमालयजंग शाह, उप–सचिवमा तारा कुमारी सोनी र भीमबहादुर बुढाक्षेत्री सर्वसम्मत चयन भएका छन् ।

मंगलबार, फाल्गुण ०१, २०८०मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४