काठमाण्डौं, जेठ ११ । नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक सञ्जाल तातेको छ । अब आफूले भारतीय साथीहरूसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आलोचना भएको छ । सामाजिक सञ्जाल र मिडियामा आलोचना भएपछि नायिका राउतले सामाजिक सञ्जालबाट स्पष्टीकरण दिँदै क्षमा मागेकी छिन्।

नायिका राउतले लेखेकी छिन्– कलाकार हुँ, त्यसमाथि भावुक स्वभावकी छु । त्यसैले सकेसम्म कुनै पनि प्रकारको विवादबाट टाढा रहन खोज्छु । तर, एउटा अन्तर्वार्तामा लिएर जुन हो–हल्ला गरियो । यसले मलाई भावनात्मक ठेस पुगेको छ । प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनैकुरामा चुकेँ होला । बोल्दै जाँदा जिब्रो चिप्लियो होला । तर, मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन । अलिकति पनि तलमाथि परेकी छैन।’

वर्षाले आफू नेपाली भएकोमा गर्व छ पनि भनेकी छिन् । वर्षा अगाडि लेख्छिन्– हाल लिम्पियाधुरा, लिपुलेक र कालापनीसम्मको भूमिलाई समेटेर जुन नक्सा जारी भयो, त्यो हाम्रो भूमि हो र नेपाल सरकारले जुन कर्तव्यनिष्ठता देखाएको छ म त्यसको समर्थनमा अग्रपङ्क्तिमा उभिन तयार छु । तर, म जस्तो एउटा व्यक्ति, एउटा नागरिकले मात्र समर्थन गरेर हुँदैन । हामी सबै नेपालीसँगै उभिएर समर्थन गर्नुपर्छ । वार्ता गर्ने उचित वातावरणको समर्थन गर्नुपर्छ । सत्य र तथ्यको समर्थन गर्नुपर्छ ।’

वर्षाले दुई छिमेकीको प्रगाढ सम्बन्धको समर्थन गर्नुपर्ने भन्दै हाम्रो रोटी र बेटीको सम्बन्धको पनि समर्थन गर्न आवश्यक रहेको खुलाएकी छिन् ।

उनले यस्तो समयमा केही भड्काउ व्यक्तिहरूले आक्रामण गर्नसक्ने भन्दै सचेत पनि गराएकी छिन् । वर्षाले भनेकी छिन्– दुई देशको अन्तरदेशीय सम्बन्ध बिगार्न भड्काउ तत्वहरू लागेका छन् । जुनकुरा भारतीय मिडियाले उचालेका केही शब्दहरूबाट पनि देखिन थालेको छ । यस्तै असभ्य र असत्य पत्रकारिता हाम्रो मिडियाले पनि नगरोस्, मैले यही भन्न खोजेकी हुँ ।’

आफूले बोलो केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला भन्दै उनले लेखेकी छिन्– मैले बोलका शब्दहरूको टेढिएर अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकोमा म क्षमाप्रार्थी छु । अब आइन्दा यसरी बोल्दा पक्कै पनि हेक्का राख्नेछु । जय नेपाल, जय नेपाली ।’

नायिका राउतले एक युट्युबमा दिएको अन्तर्वार्तामा–‘दुई देशको मिडियाले झगडाको माहोल बनाउँदा भारतीय साथीसँग आफूलाई बोल्न पनि अप्ठ्यारो भएको बताएकी थिइन्।

आइतबार, जेठ ११, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१