सुर्खेत । वीरेन्द्रनगर १२ सुर्खेतमा रहेको अमर ज्योति नमूना माध्यामिक विद्यालयले विद्यार्थीहरुलाई छात्रबृत्ति वितरण गरेपछि गरिब विपन्न तथा अभिभावक विहिन विद्यार्थीहरुले पढाइमा निरन्तरता दिएका छन् ।

२०१७ सालमा स्थापना भएको उक्त विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुन्छ । अमरज्योतिले प्लसटु तर्फ विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकायका साथै प्राविधिक धारका सिभिल सब इन्जिनियरिङ्ग र जियोमेट्रिक्स विषयका कक्षाहरु सञ्चालन गर्दै आएको छ । कर्णाली प्रदेश राजधानीको केन्द्रमा रहेको अमर ज्योतिमा दश वटै जिल्लाका विद्यार्थीहरु अध्ययनरत छन् ।

प्राधानाध्यापक खगेन्द्र थापाका अनुसार हाल करिब तीन हजार बिधार्थीले अध्ययन गरिरहेका छन् । विद्यालय क्षेत्र भित्रका र अन्य ठाउँबाट आउने जेहेन्दार, अनाथ, अभिभावक विहिन बालबालिकाहरुलाई विद्यालयले छात्रबृत्ति प्रदान गर्दै आएको छ । आर्थिक समस्याले बीचैमा अध्ययन छोड्नुपर्ने बाध्यता भएका विधार्थीहरुलाई निरन्तर रुपमा छात्रबृत्ति दिने गरेको प्रअ थापाले बताए । छात्रबृतिले गरिब जेहेनदार विधार्थीहरूको पढाइलाई निरन्तरता मिलेको उनको भनाइ छ । विद्यालयले अक्षय कोष स्थापना गरी विपन्न, जेहेन्दार, अभिभावक विधार्थीहरुलाई छात्रबृत्ति दिँदै आएको हो ।

 

२०६६ सालमा ८ लाख ३२ हजार रुपैँयाबाट सुरु गरिएको अक्षयकोषमा अहिले २६ लाख ४० हजार १६७ रुपैँया जम्मा भएको छ । एक संस्था र २३ जना दाताहरुले उक्त कोषमा योगदान गरेका छन् । कोषबाट हालसम्म पाँच सय ४४ जना विद्यार्थीहरुलाई दश लाख ९८ हजार सात सय रुपैँया छात्रबृत्ति वितरण गरिएको अक्षय कोष समन्वय समितिका संयोजक नवराज खड्काले जानकारी दिए । उनका अनुसार १–५ कक्षा सम्म अध्ययनरत विद्यार्थीलाई एक हजार पाँच सय, ६–८ मा अध्ययनरतलाई दुई हजार र ९–१२ मा अध्ययनरतलाई तीन हजारका दरले छात्रवृत्ति दिने कार्यविधि छ । समितिले आउँदो बर्षसम्म अक्षय कोषको रकम ३५ लाख पु¥याउने लक्ष्य राखेको छ । यसैबीच विद्यालयले सोमबार सहिद दिवसको अवसर पारेर विद्यार्थीहरुलाई यस बर्षको छात्रबृत्ति वितरण गरेको छ । विद्यालयमा स्थापित २४ वटा अक्षयकोष छात्रवृत्तिबाट कक्षा १–१२ सम्मका अध्ययनरत ८४ जना विद्यार्थीहरूलाई अक्षयकोष छात्रवृत्ति गरिएको सहायक प्राधानाध्यापक भूपेन्द्र विसीले जानकारी दिए ।

यस्तै कार्यक्रमको अवसरमा केही दाताहरुले अक्षय कोषमा रकम थप पनि गरेका छन् । मानकुमारी ढकालले २ लाख ५ हजार ५५५, हरिप्रसाद उपाध्यायले १ लाख १ हजार १११ र उमापती इन्द्रा गौतमले ५१ हजार कोषमा योगदान गरेको सहायक प्रअ विसीले बताए । अमरज्योति पूर्व विद्यार्थी मञ्चले एक बर्षभित्रमा २५ लाख रकम कोषमा जम्मा गर्ने घोषणा गरेको छ । मञ्चका अध्यक्ष युवराज पौडेलले उक्त घोषणा गरे । पूर्व विधार्थी समेत रहेकि कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ्गले छात्रबृत्ति वितरण कार्यक्रमको उद्घाटन गर्दै समृद्धिका लागि शिक्षामा लगानी अपरिहार्य रहेको बताईन् ।

 

व्यक्तिगत रुपमा अक्षयकोष स्थापना गरी विधार्थीहरुको पढाइमा सहयोग पु¥याउनु महत्वपूर्ण भएको भन्दै सभामुख गुरुङ्गले यस्ता नमूना कार्य अन्य विद्यालय र समुदायले पनि सिक्नुपर्ने बताईन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण प्रसाद पौडेलले सबै वर्ग र समुदायका विधार्थीहरुको शिक्षामा पुहँच पु¥याउनका लागि अक्षयकोष छात्रबृत्ति मार्फत सहयोग गरिएको बताए । उनले आगामी दिनमा अक्षय कोषको रकम बृद्धि गर्ने योजना सुनाउँदै दाता, सरकारी तथा गैरसरकारी निकायहरुलाई सहयोगका लागि आग्रहसमेत गरेका छन् ।

सोमबार, माघ १६, २०७९मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957