सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मुख्यमन्त्री शाहीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

प्रदेश प्रमुख कलौनीले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको राजीनामा स्वीकृत गरी नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न आव्हान गरेका थिए ।

२१ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका शाही मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ र नेकपा एकीकृत समाजवादीका ३ सांसदले मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता शाहीलाई समर्थन जनाएका छन् ।

मंगलबार, कार्तिक १६, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957