सुर्खेत । भेरी नदीमा हामफाल्ने महिलाको पहिचान खुलेको छ । उर्लदो भेरीमा हाम्फाल्ने महिला तिलागुफा नगरपालिका ६ कालिकोट घर भएकी ३१ वर्षीया महिला अमिला दमाई रहेको प्रहरीले जनाएको छ।

बिहीबार दिउँसो वीरेन्द्रनगर ११ स्थित भेरी नदी किनारामा छाता, मोबाईल र कपडा राखेर नदीमा अमिला वेपत्ता भएकी थिइन् । मलामी गएकाहरुले हामफालि सकेपछि उनलाई देखेपछि प्रहरीलाई खवर गरेका थिए । ईलाका प्रहरी कार्यालय छिन्चु र प्रहरी चौकी सुब्बाकुनाबाट गएको टोलीले घटनास्थलमा भएका कागजातका आधारमा उनको पुष्टि गरेको हो ।

प्रहरीले नदीमा हाम फालेर वेपत्ता भएकी अमिलाका दाजु प्रकाश परियारसँग सम्पर्क गरेको होे । उनका दाजु प्रकाशले आफ्नो बहिनी रहेको प्रहरी समक्ष बताएका छन् ।

वीरेन्द्रनगरमै रहेका उनी पनि भेरी नदी जान लागेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । नदीमा वेपत्ता भएकी अमिलाको खोजीमा प्रहरी जुटेको छ । नदीमा पानीको बहाव उच्च रहेकाले भेटाउन मुश्किल भएको घटनास्थलमा खटिएका प्रहरीले जनाएका छन् ।घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेला…….. https://youtu.be/AF4IW9fWBGM

बिहिबार, भाद्र ३१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957