सुर्खेत । नेपाल पत्रकार महासंघ सुर्खेतले पत्रकारको नाममा परिचय–पत्र देखाएर हिडेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतलाई कारवाही गर्न अनुरोध गरेको छ । कोरोना महामारीको जोखिम बढी रहेको बेला पत्रकारका नाममा गैर–पत्रकारहरुले परिचय–पत्र देखाएर आवतजावत गरिरहेकालाई स्थानीय प्रशासनलाई कारवाही गर्न महासंघले अनुरोध गरेको हो ।

महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलसहितको टोलीले मंगलबार वीरेन्द्रनगरमा गरेको अनुगमनमा दुई जना गैर–पत्रकारको परिचय–पत्र नियन्त्रणमा लिएको थियो । कोरोना संक्रमणको नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञामा दुई जनाले पत्रकारको नाममा परिचय–पत्र हिडेर प्रहरीलाई छलेको भेटाएपछि महासंघ सुर्खेतले स्थानीय प्रशासनलाई चेकिङ्गमा कडाइ गर्न अनुरोध गरेको हो ।

महासंघ अध्यक्ष बसेलसहितको टोली सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँगको भेटमा पत्रकारहरुको परिचय–पत्र सक्कली हुन वा नक्कली यसबारे कडाइका साथ चेक गर्न मौखिक जानकारी गरएको छ । महासंघ सुर्खेतका सचिव ललित बुढाले विज्ञप्ती जारी गर्दै निषेधाज्ञाको समयमा पत्रकारको नाममा भीडभाड बढेको, जथाभावी हिडडुल गरेको र गैर पत्रकारले पनि प्रेसको नक्कली परिचयपत्र बोकेर उलंघन गरेकाले प्रशासनलाई कारवाही गर्न अपिल गरेको nepaliraibar.com मा समाचार छ।

मंगलबार, बैशाख २१, २०७८मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४