काठमाण्ठौ । नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र निकट व्यक्तिहरुको दबाबबाट न्यायलयलाई मुक्त गर्न आन्दोलनको आह्वान गरेको छन् ।

अध्यक्षद्वयले संयुक्त अपिल जारी गर्दै सोमबार ओलीले अहिलेको संविधानलाई अचेत बनाएर न्यायपालिकालाई आफूअनुकूल निर्णय गराउन दबाब दिइरहेको आरोप समेत लगाएका छन् ।

‘प्रधानमन्त्री यतिबेला के ठिक र के बेठिक छुट्याउन सकिरहेका छैनन्। प्रतिनिधिसभालाई अचेत बनाएका छन् र न्यायपालिकालाई आफ्नो निर्णयको पक्षमा फैसला गर्न दबाब एवम् धम्की दिइरहेका छन्,’ अपिलमा भनिएको छ, ‘सर्वोच्च अदालतलाई प्रधानमन्त्री एवम् उनका आसेपासेहरुको दबाब र धम्कीबाट मुक्त हुने वातावरण निर्माण गर्नका लागि पनि सम्पूर्ण चेतनशील नागरिकहरु संघर्षको मैदानमा विरोधको तुमुल ध्वनीका साथ उपस्थित हुनु अनिवार्य भएको छ।’

६ पेज लामो र करिब २४ सय शब्द लामो विज्ञप्तिमा उनीहरुले राष्ट्र जोगाउन, देशमा बाह्य हस्तक्षेप हुन नदिन, लोकतन्त्रलाई सही मार्गमा पुनः हिँडाउन र संविधान जोगाउन प्रतिनिधिसभा पुनर्स्थापना गर्नु बाहेक अर्को विकल्प नदेखिएको बताएका हुन् ।

सोमबार, माघ ०५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9858028957, 9848196957, 9705028957

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक निर्देशक : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : नविन पुरी ९८४८२७६७२८
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी (सुर्खेत) ९८५८०६०६००
खेमराज बस्नेत (जाजरकाेट) ९८५१०१३९८५
मनाेज कुमार सुनार (दैलेख) ९८६९६५४८८४