दैलेख । सिजप कर्णाली प्रदेश समितिले कर्णालीका विद्यालयहरु खाली गर्न माग गरेको छ ।

विश्वमा कोरोना भाईरस कोभिड १९ का कारण नेपालमा पनि सरकारको गत साउन १२ गतेको निर्णय स्मरण गराउँदै अझैपनि केही विद्यालयहरु क्वारेन्टीनको रुपमा प्रयोग भएकाले विद्यालयहरु क्वारेन्टीन मुक्त बनाई शैक्षिक वातावरण सृजना गर्न समितिले कर्णाली प्रदेश सरकारसंग माग गरेको हो ।

प्रेस विज्ञप्ती जारी गर्दै समितिले सामाजिक विकास मन्त्रालयका सचिव लोक प्रसाद पौडेलको अध्यक्षतामा बैठक बसी विद्यालय भर्ना गर्ने, कक्षागत रुपमा विद्यार्थीहरुको संख्यात्मक रुपमा एकिन गर्ने लगायतका निर्णयहरुको समेत स्मरण गराएको छ ।

सुर्खेतका ४, दैलेखका १ र सल्यान जिल्लाका १ गरि ६ वटा विद्यालय क्वारेन्टीन बनाइएको भन्दै ति विद्यालयहरुलाई तत्काल खाली गर्नुका साथै निर्मलिकरण गरि अविभावक र बालबालिकालाई मनोबैज्ञानिक रुपमा शैक्षिक वातावरण सृजना गर्न सम्बन्धित स्थानीय तह, जिल्ला स्थित स्वास्थ्य सेवा कार्यालय र कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण गराउदछौ । समितिका अध्यक्ष टीकाराम आचार्यद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

सरकारले गत साउन १२ गते निर्णय गर्दै विद्यालय भवन र आसपासमा क्वारेन्टीन र आइसुलेसन प्रयोग बन्द गर्ने र खाली भएका विद्यालयलाई निर्मलिकरण गरी अध्यनअध्यापन गर्न सक्ने योग्य बनाउने निर्णय गरी स्थानीय तहलाई निर्देशन गरेको थियो ।

शुक्रबार, भाद्र १२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१