सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा रहेको प्रसिद्ध शक्ति की देवी देउती बज्यै मन्दिर आज सरसफाई गरिएको छ । देउती मन्दिर परिसरमा फोहोर देखेपछि कर्णाली स्वयंसेवक दल सुर्खेतको संयोजनमा नेपाल प्रहरी, ससस्त्र प्रहरी, ट्राफिक प्रहरी, सत्यसाई केन्द्र र स्वयम् सेवक यूवाहरुद्वारा आज मन्दिर परिसर सरसफाई गरिएको दलका अध्यक्ष सुदर्शन श्रेष्ठले जानकारी दिए । त्यस्तै […]
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ववर्ती सरकारहरूले जस्तै सामाजिक सुरक्षाका विभिन्न नाममा राज्यको ढुकुटी बाँडेर मतदाता रिझाउने कार्यक्रम ल्याएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मतदाता रिझाउन आफ्ना दुई कार्यकालमा सामाजिक सुरक्षा भत्तालाई दोब्बर (२ हजारबाट ४ हजार) पारेको आरोप लाग्दै आएका बेला देउवा सरकार पनि यही बाटोमा लागेको हो । देउवा सरकारका अर्थमन्त्री जनार्दन […]
सुर्खेत । लागुऔषधसहित सुर्खेतबाट एक जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले वीरेन्द्रनगर नगरपालिका ११ गाग्रेतालका २८ वर्षीया नविन तिवारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । शंकाष्पद अवस्थामा फेला पारी निजको शरीर तलासी गर्दा हातको मुठ्ठी भित्र लुकाई छिपाई राखेको ३ पुडिया लागू औषध […]
सुर्खेत । पार्टी विरोधी गतिविधि वढ्दै गैरहेको भन्दै नेपाल कम्यूनिष्ट पार्टी (एमाले) सुर्खेतका अध्यक्ष ध्रुवकुमार शाहीले एकतालाई भाड्ने र पार्टी विभाजनमा वल पुग्ने काम नगर्न सम्वन्धित पक्षलाई अपील गरेका छन् । पार्टी आन्तरिक जीवनमा संकटहरु बढ्दै गइरहेको भन्दै बार्ता र संवादबाट समस्याको समाधान गर्नु आजको आवश्यकता भएको प्रष्ट पार्दै अध्यक्ष शाहीले नेतृत्व तहमा बसेकाहरुले वार्ता, […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहका देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको जिकीर गरे । संविधान र लोकतन्त्र सिद्धयाउने गरी प्रधानमन्त्री ओली र राष्ट्रपति […]
कैलाली । सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको कोरोनाबाट निधन भएको छ । काठमाडौंस्थित निदान अस्पतालमा उपचारका क्रममा मल्लको निधन भएको हो । एक हप्ता अगाडी कोरोना पुष्टि भएपछि मल्ललाई अस्पताल गरिएका मल्लको उपचारकै क्रममा गएराती निधन भएको हो । निमोनिया र मुटुसम्बन्धी समस्याले ग्रसित मल्लको आजै अन्त्येष्टि गरिने छ । मल्ल २०७४ सालमा नेपाली […]
काठमाडौं । बंगालको खाडीमा उत्पन्न भएको यास चक्रवातको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा आज बिहानदेखि वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरको मौसममा बदली रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले […]
कैलाली । नेकपा एमालेको सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले तत्काल सरकारको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । संसदीय दलका नेता समेत रहेका प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले नफर्किने निर्णय गरेको हो । बैठकको संक्षिप्त निर्णय सुनाउँदै नेकपा एमालेकी सांसद पूर्णा जोशीले वर्तमान अवस्थामा पार्टीको केन्द्रीय स्थायी कमिटीको […]
कैलाली । नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा रहेका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेको छ । तर एमालेको माधव नेपाल पक्ष भने सरकारबाट फिर्ता हुने मनस्थितिमा देखिएको छैन । यसैविच, वन तथा वातावरण मन्त्री प्रेम आलेले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता नलिने सांसदहरुलाई कारवाही गरिने चेतावनी दिएका छन् । […]
काठमाडौं । आज २५६५ औं बुद्ध जयन्ती देशभर मनाइँदैछ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् । ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौं […]