त्रिभुवन विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित इजिप्टका नागरिक सरिफ मोहमद लासिम पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले बताए । सिसि क्यामरा फुटेजका आधारमा प्रहरीले इजिप्टका ती नागरिकसँग संलग्न भएको आशंकामा थप […]

सेयर धितोकर्जाको जोखिम भार घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत मार्जिन प्रकृतिको सेयर धितोकर्जाको जोखिमभार घटाएको छ । यसअघि १५० प्रतिशतसम्म रहेको सेयर धितोकर्जाको जोखिम भारलाई कम गर्दै केन्द्रीय बैङ्कले ५० लाखभन्दा बढी सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशत कायम गरेको हो । ५० लाख मुनिको सेयर धितो कर्जाको जोखिम भार […]

सरकारले भ्याट लगाएपछि काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प

काठमाडौं । काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प भएको छ । व्यवसायीले आयात रोकेपछि आलु र प्याजको बिक्री पनि रोकिएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज दैनिक मूल्यसूचीमा आलु र प्याजको मूल्य तोकेको छैन । समितिका प्रवक्ता बिनय श्रेष्ठले व्यापारीहरुले बजारमा आलु र प्याजको कारोबार नै नगरेकाले मूल्य नतोकिएको जानकारी दिए । आलु […]

सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान हुन्छ : कावा प्र.म खड्का

काठमाडौं । कार्यबाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले सामुहिक प्रयासबाट अर्थतन्त्रका समस्या समाधान गरिने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २७ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा समस्या देखाएर केही स्वार्थ समूहले अवान्छित फाइदा उठाउन खोहिरहेको टिप्पणी गरे । लोकतान्त्रिक व्यवस्थाप्रति नै स्वार्थ समूहले अविश्वास जगाउने प्रयास गरिरहेको बताउदै उनले सरकार जिम्मेवारीका […]

प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान : जलवायु सम्मेलन कोप– २८ मा सहभागी हुने

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन ‘कोप – २८ मा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति संयुक्त अरब इमिरेट्स (यूएई) जानुभएको छ । नेपाल एअरलाइन्सको नियमित उडानबाट उनि नेतृत्वको टोली दुबई प्रस्थान गरेको हो । दुबईमा आजदेखि सम्मेलन शुरु हुँदैछ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय फ्रेमवर्क कन्भेन्सनका पक्षराष्ट्रहरूको […]

अनलाइनबाट सामान किन्दा सचेत हुन प्रहरीको अनुरोध

काठमाडौं । नेपाल प्रहरीले सामानको अग्रिम अनलाइन भुक्तानी गर्न लगाई डेलिभरी नगराई ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेत हुन आम नागरिकमा अनुरोध गरेको छ । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले विभिन्न क्षेत्रबाट यस्ता घटना भएको भन्दै उजुरी पर्न थालेकाले यकिन गरेर मात्रै सामानको भुक्तानी दिन आग्रह गरेका हुन् । पछिल्लो समय सामाजिक […]

जाजरकोटमा एक हजार ७६ सुत्केरीको बास त्रिपालमा

जाजरकोट । जिल्लाको रामिडाँडा केन्द्रविन्दु बनाएर गत कात्तिक १७ गते गएको भूकम्पका कारण जिल्लाका एक लाख २८ हजार ९१७ जना प्रभावित भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालय​ तथ्याङ्कअनुसार भूकम्पपछि प्रभावित जोखिम जनसङ्ख्या २२ हजार २०६ रहेको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार पाँच वर्षमुनिका १२ हजार ४०४ बालबालिका प्रभावित […]

ताप्लेजुङमा एमाले सचिव भट्टराई सवार गाडी तोडफोड

काठमाडौँ । नेकपा एमालेका नेता तथा केन्द्रीय सचिव समेत रहेका प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई सवार गाडीमाथि ढुंगामुढा भएको छ । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै पहिचान पक्षधरले भट्टराई सवार गाडीमाथि ढुंगामुढा गरेको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार ढुङ्गा लागेर भट्टराई सवार प्रदेश २–०१–००१ च ००४० नम्बरको […]

भारतले दिएको १५ वटा मुर्रा राँगा नेपाल आइपुगे

काठमाण्डौ । भारतले अनुदानमा दिएको उन्नत जातका १५ वटा मुर्रा राँगा बुधवार हिजो नेपाल आइपुगेका छन् । भारत सरकारबाट नेपाललाई बस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार हिजो बाँकेको जमुनाहा नाका हुँदै मुर्रा राँगा नेपाल भित्रिएका हुन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा […]

इ मेलसहितको इन्टरनेट सेवा दिने भनेका २ कम्पनीको अनुमति पत्र खारेज

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इ मेलसहितको इन्टरनेट सेवाका लागि अनुमति प्राप्त दुई कम्पनीको अनुमति पत्र खारेज गरेको छ । प्राधिकरणले गल्कोट लिंक प्रालि, बागलुङ र सुर्खेत केबल नेट टिभी प्रालि, वीरेन्द्रनगरको अनुमति पत्र खारेज गरेको हो । ती कम्पनीले नवीकरणका लागि समयावधि भित्र नियमानुनसार निवेदन पेश नगरेकाले स्वतः अनुमति पत्र खारेज गरेको प्राधिकरणले आज […]

…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक :
विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१