काठमाण्डौ । नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब रुपैयाँ नाघेको छ । अर्थ मन्त्रालयका अनुसार २०७७ सालको जेठसम्म नेपाल सरकारको ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

नेपालको अहिलेको जनसङ्ख्या तीन करोड २७ हजार ६ सय ५९ जनालाई भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय १६ रुपैयाँ ऋण पर्न आउँछ ।

१३ खर्ब १२ अर्ब रुपैयाँमध्ये पाँच खर्ब ९४ अर्ब १८ करोड रुपैयाँ आन्तरिक ऋण र सात खर्ब १८ अर्ब ५३ करोड रुपैयाँ वैदेशिक ऋण रहेको छ । आर्थिक वर्ष २०७६र७७ को जेठ महिनासम्म अर्थात् ११ महिनामा सरकारले आन्तरिकतर्फ ३३ अर्ब ८९ करोड रुपैयाँको साँवा र १९ अर्ब २४ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

बाह्यतर्फ १६ अर्ब ५२ करोड रुपैयाँ सावाँ र तीन अर्ब ५६ करोड रुपैयाँ ब्याज भुक्तानी गरेको छ ।

बुधबार, साउन ०७, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी

“ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”

सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
सुचना तथा विज्ञापन, समाचारका लागि [email protected]
दर्ता नं ३६४३५३/८१/८२

हाम्रो टीम

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
प्रबन्धक/सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्वाददाता : सन्जिव कुमार वि.सी ९८५८०६०६००
खेमराज बस्नेत ९८५१०१३९८५, नविन पुरी ९८४८२७६७२८

जिल्ला सम्वाददाता

हाम्रो अनलाईनको लागि कर्णाली प्रदेशका १० वटै जिल्लाबाट १/१ जना जिल्ला संवाददाता आबश्यक परेको हुँदा ईच्छुकले सम्पर्क गर्नुहोला ।

सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
9858028957,9848196957, 9705028957