सुर्खेत – जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोना कोभिड १९ लाई जितेर घर फर्किनेहरुमाथि विभिन्न हिंसा र दुव्र्यवहार गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रशासनले वित्रप्ति जारी गरि क्वारेनटाईन आसपासका समुदायले कोरोना प्रभावितलाई दुव्र्यवहार गर्ने, कोरोना जितेर घर फर्किसकेका व्यक्तिलाई समेत घृणा गर्ने गरिएको भन्दै प्रशासनले कडा कारबाही गर्ने जानकारी दिदैं यस्तो अपमानजनक व्यवहार नगर्न सबैमा अपिल गरेको हो ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ संक्रमित र संक्रमण जितेका व्यक्तिमाथि घरपरिवारका सदस्य, छिमेकी तथा अन्य व्यत्तिहरुले होच्याउने, अपमानित व्यवहार गर्ने, घृणा गर्ने, दुव्यवहार गर्ने जस्ता अमानवीय कार्य गर्नु कानुन विपरित छन् ।

यस्ता दण्डनीय कार्य गर्ने विरुद्ध गाउँ नगरपालीका , प्रहरी वा प्रशासन कार्यालयलाई समयमै सुचना उपलब्ध गराई पीडितलाई न्याय प्रदान गर्नका लागि सबैसंग सहयोगको अपेक्षा गर्दछौं । प्रशासनले कानुन विपरीत यस्ता कार्य गर्ने जोकोहीलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको हो ।

संक्रमितलाई मानसिक रुपमा बलियो बनाउन घृणा हैन माया गर्नुपर्ने भएकाले मानवीय व्यवहार गर्नुपर्ने बताईएको छ ।

शुक्रबार, साउन ०२, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लिका लागी “ज्वाला अपडेट, ज्वाला जस्तै अनवरत”
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600

…….हाम्रो टीम…….

प्रकाशक : ज्वाला प्रोडक्सन नेपाल ९८४८१९६९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
प्रबन्धक/सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
बिवेक स्वर्णकार ९८६४७३७५७५
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८