सुर्खेत, असार ३१ । नगरपालीकाको विद्यालय नर्सको प्रकाशित नतिजाई लिएर सुर्खेतका दलित अधिकारकर्मीहरुले एक हप्ते चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । नगरपालीकाले संघर्ष समितिले बुझाएको ज्ञापन पत्रबारे चासो नदिएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको हो ।

वीरेन्द्रनगर नगरपालीका सुर्खेतको यहि असार १४ गतेको निर्णयअनुसार विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा संचालन कार्यविधि २०७६ बमोजिम असार १७ गते गरेको सुचनाका आधारमा २७ गते २० जना वैकल्पिक सहित २९ जनाको नतिजा प्रकाशन गरेको थियो ।

नपाका कर्मचारी र पदपुर्ति समितिको मिलेमतोमा दलित समुदायका एक जना पनि समाबेश नभएपति नतिजा आशंकाजनक र आपत्तिजनक रहेको ठहर गर्दै २८ गते ज्ञापन बुझाएको र त्यसको कुनै प्रतिकृया नआए पछि एक हप्ते आन्दोलनको तयारी गरेको समानुपातिक समावेशी कार्यान्वयन संघर्ष समितिका संयोजक डम्बर बहादुर नेपालीले जानकारी दिएका छन् ।

नेपालको जनगणना २०६८ अनुसार कुल जनसंख्याको १९ प्रतिशत जनसंख्या रहेको सुर्खेतमा नेपालको संविधानको धारा ४० को उपधारा १ र धारा ४२ को उपधारा १ लाई उपेक्षा गरि नपा तथा पदपुर्ति समितिले संविधान, ऐन, कानुन र नियमावली विपरित कार्य गरेको बताउदैं नेपालीले बताए ।
हरेक क्षेत्रमा समाबेशीता कोटा छुट्याईएको भएपनि वीरेन्द्रनगर नपाले त्यसको कुनै प्रवाह नगरिकनै आफुखुशी पद, पैसा र पावरका आधारमा मापदण्ड नपुगेका उम्मेदवारलाई उतिर्ण गरेको र दलित समुदायलाई आझेल मै पार्न खोजिएको बताउदै नेकपा जिल्ला कमिटि सदस्य जनक बहादुर सुनारले यस्तो ब्यवहारले दलित समुदायमा क्षमता नै छैन भनेर दवाउनु सरह भएको र कुनै पनि हालतमा यो नतिजा मान्य नहुने बताए ।

ज्ञापन पत्र बुझाएको तीन दिन भईसक्दा पनि नगरपालीकाले कुनै चासो नदिनुले शंका उत्पन्न भएकाले संघर्ष समितिले एक हप्ते आन्दोलनको घोषणा गरेको सुनारको भनाई छ ।

बिहिबार साउन १ गते देखि चरमबद्ध आन्दोलनको तयारी भएको छ । १ गते कानुनी परामर्श, प्रकृया र राजनीतिक दलहरुलाई आन्दोलनबारे जानकारी, २ गते प्रेस बैठक, ३ गते नगरपालीका कार्यालयमा धर्ना, ४ गते वीरेन्द्रचोकमा कोण सभा, ५ गते विरोध स्वरुप वीरेन्द्रनगर बजामा सिटि जुलुस, ६ गते नगरपालीकामा जनर्याली सहित शक्ति प्रदर्शन र ७ गते नगरपालीका कार्यालयमा तालाबन्दी गर्ने आन्दोलनको तालिका रहेको संयोजक नेपालीले जानकारी दिएका छन् ।

बुधबार, आषाढ ३१, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१