गोविन्द बिश्वकर्मा सुर्खेत, असार २९ । वीरेन्द्रनगर नगरपालिकाले खुलाएको बिद्यालय नर्स पदको नतिजा पद, पैसा र पावरका आधारमा प्रकाशन भएको सुर्खेतका अधिकारकर्मीहरुले बताएका छन् ।

वीरेन्द्रनगर नगरपालीका सुर्खेतको यहि असार १४ गतेको निर्णयअनुसार विद्यालय स्वास्थ्य तथा नर्सिगं सेवा संचालन कार्यविधि २०७६ बमोजिम असार १७ गते गरेको सुचनाका आधारमा २७ गते प्रकाशन गरेको नतिजामाथी आशंकाजनक र आपत्तिजनक रहेको ठहर गर्दै नपाका कर्मचारी र पदपुर्ति समितिको मिलेमतोमा नतिजा प्रकाशन गरेको बताएका हुन् ।

 

वीरेन्द्रनगर नगरपालिका सुर्खेतका कर्मचारी कै मिलेमतोमा प्रमाण नै नपुगेका उम्मेदवारको कागजपत्र मिलाई अनुत्तीर्ण उम्मेदवारलाई मौखिक परिक्षाका लागि उतिर्ण बनाउने र विभेदपुर्ण नतिजा प्रकाशित गरेको संयोजक तथा नेकपा सुर्खेत जिल्ला कमिटिका सदस्य जनक बहादुर सुनारले बताए ।

नपाका प्रशासकिय अधिकृत तथा सुचना अधिकारीद्धारा हस्ताक्षरित २० जनाको माग सहितको सुचनाको आधारमा एक सय २६ जनाको दरखास्त परेको र ४३ जनालाई छोटो सुचिमा छनौट गरिएको थियो ।

सुर्खेतका दलित अधिकारकर्मीहरुले नपाका कर्मचारी र सुचना अधिकारी सुवेदीको मिलेमतोमा नै २४ अंक प्राप्त र नविकरण नभएको प्रमाणपत्रलाई मान्य गराई नतिजा प्रकाशन गरेको आरोप छनौट समितिलाई लगाएका छन् ।

स्वयम् प्रशासकिय अधिकृत तथा सुचना अधिकारी सुवेदी, उपसचिव ललित विक्रम सिंह र प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालको नै संलग्नता रहेको उनिहरुको भनाई छ ।

पद, पैसा र पावरको भरमा आवश्यक प्रमाणपत्र नपुगेकाहरुलाई उतिर्ण गराउने र पहुंच नहुनेलाई पाखा लगाउन खोजिएको नाम नबताउने सर्तमा एक दरखास्त वाला उम्मेदवारले बताईन् । कर्मचारी नै व्यक्तिगत लाभ लिदैं मनपरि तरिकाले नतिजा प्रकाशित गर्नुले आम नागरिकमा खुला प्रतिस्पर्धाको आभास नहुने उनको भनाई छ ।

यता, वीरेन्द्रनगर नगरपालिकाको यहि असार १४ गतेको निर्णय अनुसारअसार १७ गते बिधालय नर्सिङ कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य तथा नर्सिङ सेवा संचालन कार्यबिधि २०७६ बमोजिम बिधालय नर्स, आबश्यक संख्या २० जना भनी खुला आबेदन गरिएको थियो ।

उम्मेदवारको नर्सिङमा उतिर्ण गरेको प्रमाणपत्रमा प्राप्त गरेको प्रतिशत, स्थानिय, जिल्ला, प्रदेश र अनुभबका आधारमा छनौट गरिएको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले बताएका छन् ।

असार २४ गते साझ सम्म दोब्वर दस्तुर सहित १ सय २६ जनाको आबेदन परेको सोहि दिन साझ ४३ जनालाई छोटो सुची मार्फत मौखिक परिक्षामा सहभागि गराएर २० जना वैकल्पिक सहितको नतिजा प्रकाशन गरेको नपाका सुचना अधिकारी दिपेन सुवेदीले बताए । आफैले प्रमाणपत्र रुजु गरि अंक प्रदान गेरको बिधालय नर्स छनौट सम्बन्धि मापदण्डहरु नै पुरा गरि नतिजा निकालेको उनले ठोकुवा गरेका छन् ।

संविधानको प्रस्तावनालाई लत्याएर समाबेशि सहभागिताको मुल मर्म विपरित वीरेन्द्रनगर नगरापालीकाले एकलौटी नतिजा प्रकाशित गर्नु दलित समुदाय माथी हेपाहा प्रबृत्ति देखाउनु स्पष्ट भएको छ । नेपालको संविधान २०७२ को धारा ४० उपधारा (क) को ठाडो उलंघन गरिएको र दलित समुदायलाई उपेक्षा गरिएको प्रति आपत्ति जनाउदैं नतिजा रद्द गर्न र पुन अन्तरवार्ताको माग राखद्यै सुर्खेत स्थित दलित अधिकारकर्मीहरु आन्दोलित भएका छन् ।

सोमबार, आषाढ २९, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१