काठमाडौ, असार २५ । भारतीय अभिनेता सुशील गौडा मृत भेटिएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार गौडाको शव बुधवार मण्ड्या जिल्लाको आफ्नै घरमा भेटिएको छ ।

प्रहरी स्रोतका अनुसार उनको मृत्युको कारण अझै स्पष्ट हुन सकेको छैन । प्रहरीले यस विषयमा अनुसन्धान शुरू गरेको छ । उनको हत्या कि आत्महत्या भन्ने विषयमा अनुसनधान शुरू भएको हो ।

३० वर्षका गौडाले एक टेलिभिजन सिरियलमा काम गरेका थिए र उनको एक चलचित्र प्रदर्शन हुन बाँकी छ र सालागा नामको सो चलचित्रमा दुनिया विजय नायक छन् भने गौडाले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

सोशल मिडियामा शोक व्यक्त गर्दै विजयले लेखेका थिए, ‘जब उसलाई भेट्ने बित्तिकै मलाई लाग्थ्यो कि उनी एक दिन एक ठूलो अभिनेता बन्नेछन् ।’

यस बाहेक अर्का अभिनेता धनंजयले पनि ट्वीट गरेर दुख व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘सुशील मलाई थाहा छैन तपाईं कस्तो परिस्थितिबाट गुज्रिरहनु भएको थियो तर तपाईको सुन्दर भविष्य थियो । तपाईले आफ्नो राम्रो दिन पर्खनु पर्ने थियो । तपाईंको आत्मा शान्तिमा पाओस् ।’

गौडा अभिनेताका साथै जिम ट्रेनर पनि थिए । यसअघि भारतीय अभिनेता सुशान्त सिंह पनि मृत भेटिएका थिए । उनले आत्महत्या गरेको बताइँदै आएको छ ।

वर्ष २०२० भारतीय सिने उद्योगका लागि दुःखद् रह्यो । इरफान खान, ऋषि कपूर, सुशान्त राजपूतलगायतका सेलिब्रेटीहरुको मृत्यु भयो । ऋषि र इरफानले क्यान्सरसँग जुध्दाजुध्दै मृत्युवरण गरे भने सुशान्तले डिप्रेसनको शिकार भएपछि आत्महत्या रोजेका थिए ।

बिहिबार, आषाढ २५, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/कार्यकारी सम्पादक : गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१