सुर्खेत, असार २० । बजेटप्रति असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक बहिष्कार गरेको छ ।

सबै मन्त्रालयको योजना सहितको रातो किताबको माग गरेको नेपाली काँग्रेसले कर्णाली प्रदेश सभाको छैठौं अबिधेशनको २३ औँ शनिवारको बैठकमा नेपाली काँग्रेस अनुपस्थित भएर बहिष्कार गरेको हो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याएका छन् ।

यता प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता जीवन बहादुर शाहीले सरकारले आफ्नो माग अनुसार नै मन्त्रालयहरुले रातो किताब ल्याए पनि सबै मन्त्रालयले नल्याउने बेला सम्म आफुहरु रोकिएको जानकारी दिए । सबै मन्त्रालयगत किताबहरु आएपछि ती किताबहरु अध्यायन गरेर मात्रै आफ्नो धारणा सहित प्रदेश सभाको बैठकमा उपस्थित हुने शाहीको भनाई छ ।

बजेट माथि असुन्तुष्टि जनाउदै आएको काँग्रेसले गत असार १०, ११, १५, र १८ गते प्रदेश सभाको बैठक अवरोध गर्दै आएको थियो । सरकारले प्रतिपक्षको माग पुरा गर्न नसक्ने देखेपछि कार्यव्यवस्था समितीको बैठक बसी २० गते सम्मका सारिएको संसद बैठक कांग्रेसले आफ्ना माग पूरा नभएसम्म बस्न नदिने अडान राखेको थियो । तर शनिवारको बैठक भने कांग्रेस सांसदहरुले सभामा उपस्थिति नभएरै बहिष्कार गरे ।

प्रतिपक्ष दलका सदस्यहरु सहभागि नभएपनि बैठक भने सञ्चालन गरिएको थियो । कर्णाली प्रदेशसभामा प्रतिपक्षमा ६ जना नेपाली कांग्रेस र १ जना राप्रपाको तर्फबाट सांसदहरु रहेका छन् । जम्मा ४० जना सांसद मध्ये ३३ जना नेकपाका हुन् ।

शनिबार, आषाढ २०, २०७७मा प्रकाशित गरिएको
सम्बन्धित खबरहरु
हामीलाई फेसबुकमा हेर्नुस
ताजा
लोकप्रिय
…….हाम्राे बारे…….

ज्वाला प्राेडक्सन नेपाल प्रा.लि द्वारा सञ्चालित “ज्वाला अपडेट डट कम
सम्पर्क कार्यालय : वीरेन्द्रनगर ३, सुर्खेत कर्णाली प्रदेश नेपाल
कम्पनी दर्ता नं : ३६४३५३/८१/८२
सुचना विभाग दर्ता :
प्रेस काउन्सिल नेपाल सु.प्र.न :
सुचना, विज्ञापन, समाचार, लेख, रचनाका लागि
Phone : 9848196957, 9858060600
Email : [email protected]

…….हाम्रो टीम…….

प्रकाशक/अध्यक्ष : निर्मला स्वर्णकार ९८१५५५५३८७
कार्यकारी सम्पादक :
गोविन्द बिश्वकर्मा ९८५८०२८९५७
सम्पादक : विश्वराज बाेगटी ९८४८३०१४९०
भिडियोग्राफर : राजेश कुमाल ९८१९५८५७१७
संरक्षक : पुर्ण बहादुर वली ९८५८०५२९८७
email : [email protected]

…….सम्वाददाता…….

सन्जिव कुमार वि.सी ९८५८०६०६००
राेशन वली ९७६६४३५६६४
नविन पुरी ९८४८२७६७२८
राेशन के.सी (रूकुम पश्चिम) ९८६६९७३३४९
सुनिता रेग्मी (जाजरकाेट) ९७६३९१८२०१